काठमाडौ ।। नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले आज शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।
यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । वरिष्ठता अनुसार शाक्यलाइ जिम्मेवारी दिइएको हो ।
Discussion about this post