• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी, एक साताभित्रमा कार्यढाँचा जारी गरिने

Lekhnath Khabar by Lekhnath Khabar
November 9, 2020
in शिक्षा, समाचार
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्‍चालनको तयारीमा जुटेको हो।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय सञ्चालन गर्न दिने तयारी सरकारले थालेको छ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ। ‘भिडभाड गर्न पाइने छैन,’उनले भने,‘मास्क,सेनिटाइजर सबैको प्रयोग गर्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने छ।’

स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उनले बताए। कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन सकेको छैनन्।

सञ्चालनमा आएका विद्यालय पनि बन्द भएका छन्। जसले गर्दा विद्यार्थीले भौतिक उपस्थितमा पढ्न पाएका छैनन्। सरकारले वैकल्पिक प्रणालीबाट शिक्षणसिकाइ अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन।

एक सातामा कार्यढाँचा जारी गरिने

मन्त्रालयका प्रवक्ता शर्माले स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनेगरी एक सातामा विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिए।

उनले भने,‘मन्त्रालयले विज्ञको सल्लाह सुझावसहित विद्यालय सञ्चालनको लागि कार्यढाँचा बनाउँदै आएको छ। अबको एक सातामै जारी गर्दै छौँ।’

उनका अनुसार कार्यढाँचा जारी भएपछि विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन्। ती तहहरूले जहाँ कोरोना जोखिम छैन। त्यहाँ विद्यालय सञ्चालन गर्न पाउनेछन्।

निजी विद्यालयका संगठनले पनि शैक्षिक सत्र खेर जान नदिनको लागि विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन९प्याब्सन०का केन्द्रीय अध्यक्ष टिकाराम पुरी भन्छन,‘लामो समयदेखि विद्यालय बन्द छन। अब यसरी बन्द गर्नुभएन। स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्छ।’

सरकारले तत्कालै कार्यढाँचा जारी गरे तिहारपछि विद्यालय सञ्चालन गर्ने बताए। ‘सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे हामी तिहारपछि विद्यालय खोल्न तयार छौँ। अब हामीसँग धेरै समय पनि छैन। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेछौँ’ उनले थपे।

Previous Post

जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्मजयन्ती मनाइँदै

Next Post

हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?