दुलेगौडा । तनहुँको मानहुँकोटमा पर्यटकहरुको आकर्षण बढी रहेको समयमा मानहुँकोटबाट जस्तै दृश्य देख्न सकिने स्थान भूजिकोटको प्रचार थालिएको छ ।
जिल्लाको दुलेगौडामा रहेका ब्यवसायीहरुले पर्यटकहरुको ध्यान केन्द्रित गर्नका लागि “भूजिकोट फोटो प्रतियोगिता” सुरु गरेका हुन् ।
विपिन वाग्लेको नेतृत्वमा सामाजिक सञ्जालमाबाट नै सहभागिता जनाउन सकिने गरि फोटो प्रतियोगिता सुरु भएको हो । तनहुँमा पर्यटन फस्टाइरहदाँ भूजिकोटलाई नयाँ गन्तब्य बनाउन सकिने भएकाले प्रतियोगिता सञ्चालन भएको वाग्लेले बताउनुभयो ।
प्रतियोगितामा सहभागिता जनाउन नेपालका जो कोहीले पनि भुजिकोट र आसपासको दृश्य देखिने गरि खिचिएको फोटो फेसबुक पेज शुक्लागण्डकीमा पठाउन सक्नेछन् ।
प्रतियोगिहरु मध्ये प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेहरुलाई पुरस्कृत गरिने बताइएको छ । प्रतियोगिताका लागि शुक्लागण्डकी फेसबुक पेज मार्फत पनि थप जानकारी लिन सक्ने ब्यवस्था मिलाएको छ ।
भुजिकोटबाट कुहिरो माथिबाट सूर्याेयद भएको दृश्यसँगै नेपालका प्रमुख पर्यटकीय शहर पोखराकाका तालतलैयाहरु देख्न सकिन्छ । ब्यवस्थित ग्रामिण बस्तीमा होमस्टे बस्न चाहानेहरुका लागि समेत ब्यवस्था भुजिकोटमा रहेको छ ।
तस्वीर सामाजिक सञ्जाल
Discussion about this post