दुलेगौडा । तनहुँमा शनिबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले तनहुँका विभिन्न स्थानीय तहका गरि १५ जनामा कोरोना पुष्टि भएको जानकारी सहित विज्ञप्ती प्रकाशन गरेको छ ।
जिल्लाको ब्यास नगरपालिका १ का ६७ र ५१ बर्षीय दुई महिला, तथा ७० बर्षीय एक महिला र वडा न ४ का १९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।
यस्तै बन्दिपुरकै वडा न नखुलेका २५ र २६ बर्षीय पुरुष, ठेगाना नखुलेका तनहुँका अन्य ७ जना तथा म्याग्दे गाउँपालिका ४ का ६१ बर्षीय महिला र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रबक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
निर्देशनालयको विज्ञेप्ती अनुसार तनहुँका ठेगाना नखुलेका संक्रमितहरुमा ४०, ३४, २७, २६, ३१, ६६ र ६८ बर्षीय पुरुषहरु रहेका छन् ।
Discussion about this post