हरि खरेल/दुलेगौडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित परिक्षा भन्दा अघि कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परिक्षा सञ्चालनको लागि निर्देशन दिएको थियो ।
जससंगै तनहुँको शुकलागण्डकी नगरपालिका भित्र रहेका विद्यालयहरुले आईतबारदेखी स्वास्थ्य मापदण्डको पालना गरी कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिनुभयो ।
नगर भित्रका विद्यालयहरुमा माक्स, स्यानीटाईनर प्रयोग गरी सामाजिक दुरी कायम गरी परिक्षा सञ्चालन भएको छ । नगर भित्रका १३ वटा विद्यालयहरुमा कक्षा ११ को पुनः परीक्षा सञ्चालन भएको शाखा प्रमुख चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमणको जोखिम न्यून गर्नका लागि एक विद्यार्थी एक बेञ्चको ब्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन दिइएको छ ।
कक्षा ११ को आंशिक तथा ग्रेडवुद्धि परीक्षमा सम्मिलित विद्यार्थी संख्या यकिन भएको छैन । आफुलाई पायक पर्ने स्थानबाट परिक्षा दिन पाउने व्यवस्ता रहेको साथै कति विद्यार्थी संख्या छन् भनेर कुनै स्रोतले पनि जानकारी नदिएको हुँदा विद्यार्थी संख्या नखुलेको शाखा प्रमुख चापागाईंले जानकारी दिनुभयो ।
विद्यालयमा नै परिक्षा केन्द्र रहेको हुदा परिक्षा सञ्चालन गर्दा सहज भएको पञ्चमुनि देव मा.वी का (१०+२ ) संयोजा शिक्षक लक्ष्मण पुरीले जानकारी दिनुभयो । विद्यालय ४० जना परिक्षा दिइने कक्षाहरुमा २० जान भन्दा कम विद्यार्थीहरु राखेर परीक्षा सञ्चालन गरेको बताउनुभयो । थर्मल गनद्धार विद्यार्थीको तापक्रम जाच गरी स्यानिटाईजर प्रयोग गराई परिक्ष कक्षमा प्रवेश गराईएको बताउनुभयो । साथै कक्षामा गार्ड बस्ने शिक्षकहरुलाई फेस सिल्ड सहित कक्षामा प्रवेश गर्ने गरेको शिक्षक पुरीले जानकारी दिनुभयो
Discussion about this post