तनहुँ खबर संबादाता
कार्तिक २०, दमैली
जेसीज सप्ताहन्तमा जेसीआई व्यासनगरले आश्रममा आवश्यक रहेका सामग्रीहरु सहयोग गरेको छ । व्यास नगरपालिका–५ मा रहेको परोपकार जेष्ठ नागरिक चौतारी पराशर आश्रममा स्पिकर, मादल, खैजडी र झुर्मा सहयोग गरेको जेसीआईका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आश्रममा रहेका बृद्धबृद्धाहरुलाई भजन कृतनमा रमाउनका आवश्यक सामग्रीहरु नभएपछि जेसीज सप्ताहन्त कार्यक्रम मार्फत उक्त सामग्रीहरु सहयोग गरेको हो श्रेष्ठले जनकारी दिनुभयो ।
कार्यक्रममा व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ साथै रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जिवन श्रेष्ठ, क्लबका पुर्वअध्यक्षद्वय पविन्द्र श्रेष्ठ, सुरेश पुरी लगायतका व्यक्तिहरुको साथमा उक्त सामग्रीहरु आश्रममा सहयोग गरेको हो ।
बिहिबारबाट सरु भएको कार्यक्रम कार्तिक २२ गते शनिबारसम्म सञ्चालन हुने छ । तिन दिनसम्म सञ्चालन हुने कार्यक्रममा शैक्षिक सामग्री वितरण कार्यक्रम साथै मैत्रीपूर्ण फुटसल कार्यक्रमहरु पनि सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयो ।
Discussion about this post