ऋषिङ्ग । तनहुँको ऋषिङ गाँउपालिकामा गत असार २८ गते गएको पहिरोमा गरी ज्यान गुमाउनेको परिवारलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ ।
गत असार २८ गते राति परेको अविरल बर्षासँगै आएको पहिरोमा परि परिवारका ५ सदस्य गुमाएका ऋषिङ्ग गाउँपालिका ५ भैसेकिलेका अनबहादुर मगरलाई समाजले सहयोग गरेको हो । ठुला क्षतिसँगै घरबार विहिन भएको अनबहादुरलाई समाजे २ लाख ६४ हजार एक सय ५० रुपैयाँ सहयोग गरेको छ ।
बुधबार नगद हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष भिमराज गुरुङ्ग र निवर्तमान अध्यक्ष जंगबहादुर थापाले समाजका तर्फबाट गृहजिल्लामा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँहरुले ऋषिङ्गको घटनाले आफुहरुाई दुखी बनाएको भन्दै हङकङमा सहयोग जुटाउन अभियान चलाएको समेत जानकारी दिनुभयो ।
ऋषिङ भर भई हाल हङकङमा रहेको लालबहादुर थापाले अनवहादुरको आवास निर्माणका लागि पहल गरेको थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुग्नुभएका ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्राकृतिक प्रकोपबाट परिवार गुमाएका मगरलाई गाउँपालिकाले सहयोग गर्ने प्रवितद्धता ब्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जग्गा प्रदान गर्ने जनाउदै दाताहरुको सहयोगबाट घर निर्माण गर्न सकिने बताउनुभयो ।
अनबहादुरले पहिरोका कारण परिवारका दुई छोरा, दुई बुहारी र एक नातिनी गुमाउनुभएको थियो ।
Discussion about this post