कार्तिक १८, दुलेगौडा । तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नं। ९ मा गोठ तथा भकारो सुधार कार्यक्रम सुरु हुने भएको छ ।
साना पशु व्यवसायी र सुरु गर्न लागेका पशु व्यवसायीहरुलाई प्रबद्र्धन गर्ने उद्दश्यले यस्ता कार्यक्रम सुरु गर्न लागेको शुक्लागण्डकी नगरपालिका वडा नं। ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरको पशु पकेट क्षेत्रको रुपमा स्थापित उक्त वडामा परम्परागत गोठ र भकारो सुधार गरेर आधुनिक तरीकाको गोठ र भकारो निर्माण गर्न लागिएको हो । वडाले उक्ता कार्यक्रम सम्पन्न गर्नका लागि ३ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
वडाको ५० प्रतिशत र व्यवसायिको ५० प्रतिशत लगानिमा आधुनिक तरीकाको दाना, पानी, घास हाल्न मिल्ने र सिमेन्टको पक्कि भकारो निर्माण गर्ने रहेको छ । हाल वडामा रहेका परम्परागत गोठको तथा भकारोको खोजि गरी नयाँ तरीकाको बनाउने योजना रहेको बताउनुभयो ।
भाडडाडाँ स्थित मुख्य मन्त्री वातावरण नमुना कृषि गाउँमा भएको जस्तै तरीकाले साना पशु व्यवसायीलाई हैसला प्रदान गर्नका लागि गोठ तथा भकारो सुधार कार्यक्रम प्रभावकारी हुने वडाध्यक्ष श्रेष्ठले बताउनुहुन्छ ।
Discussion about this post