• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

एकै दिनमा २६ फरार अभियुक्त पक्राउ

Lekhnath Khabar by Lekhnath Khabar
November 3, 2020
in समाचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १८, दुलेगौडा  । विभिन्न मुद्दामा परि फरार भएका २६ व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ हुनेमा म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराई, शुक्लागण्डकी नगरपालिका–३ र ८ मा बस्ने क्रमशः सन्तोष खंग र सन्तोष गौतम (माईकल), भानु नगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर लगायत विभिन्न मुद्दामा परेका २१ गरी २६ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

प्रहरीले आइतबार बैकिङ कसुर मुद्दामा फरार रहेको म्याग्देका अमृत भट्टराईलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिप्रका तनहुँले जनाएको छ ।

यसैगरी साधारण मुद्दामा परि फरार हुने शुक्लागण्डकी ३ का खंग र वडा नं. ९ का गौतम दुबैलाई तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले खंग लाई दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र गौतमलाई दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५ सय जरिवना ठहर गरेको थियो । दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेकाहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिनुभयो ।

त्यसैगरी जारी मुद्दामा परेका भानु नगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगरलाई तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र एक हजार जरिवाना तोकिएका थियो । उक्त फैसालापछि फरार भएपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

त्यस्तै करकाप मुद्दामा फरार आठ जना, लिखत बेइज्जती मुद्दामा फरार छ जना, लागुऔषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई जना, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जम्मा २६ जना व्यक्तिहरुलाई मिति आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा ७ लाख १६ हजार ६२० रुपैयाँ जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

Previous Post

मनाहुँकोट परिसरमा सरसफाई

Next Post

पशुपालन कृषकका लागि गोठ सुधार र भकारो सुधार कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पशुपालन कृषकका लागि गोठ सुधार र भकारो सुधार कार्यक्रम

पशुपालन कृषकका लागि गोठ सुधार र भकारो सुधार कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?