• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर आज

Lekhnath Khabar by Lekhnath Khabar
November 1, 2020
in राजनीति
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।बैंकिङ कसुरमा परेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

यी हुन् नयाँ बन्ने मन्त्री

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले पद त्यागेको संकेत सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

Previous Post

जुवा खेल्दै गरेको अवस्थामा पुर्वराज्य मन्त्री खोभारी पक्राउ

Next Post

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post
बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?