• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

विमानस्थलमै महिला यात्रुको अन्डरवयेर खोल्न लगाइयो

Lekhnath Khabar by Lekhnath Khabar
October 28, 2020
in अन्तर्राष्ट्रिय
0
Interior of Hamad International Airport Terminal, Qatar

Interior of Hamad International Airport Terminal, Qatar

0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १२ कतार । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको बाथरूममा एउटा नवजात शिशु भेटिएको घटनाले अहिले अष्ट्रेलिया र कतारको सम्बन्धमा तरंग ल्याएको छ।

घटना गत अक्टोबर २ तारिखको हो। विमानस्थल टर्मिनलको बाथरूमभित्र फोहोर फाल्ने ठाउँमा कर्मचारीहरूले एउटा बच्ची फेला पारेका थिए। भर्खर जन्मिएकी ती बच्चीलाई प्लाष्टिकले बेरेर माथिबाट फोहोरले छोपेर राखिएको थियो। त्यही ठाउँमा मरोस् भनेर बच्चा फालिएको हुन सक्ने अधिकारीहरूले जनाएका छन्।

कतारी अधिकारीका अनुसार बच्चीको तत्काल उद्धार गरिएको थियो। बच्ची भेटिनासाथ विमानस्थलका अधिकारीहरूले अष्ट्रेलियाको सिड्नी जान कतार एयरवेजको जहाजमा चढेका महिलाहरूलाई सोधपुछ थालेका थिए।

बच्चाको आमा पत्ता लगाउने धाउन्नमा रहेका अधिकारीहरूले सामान्य सोधपुछमात्रै गरेनन्, उनीहरूलाई जबरजस्ती अन्डरवेयर खोल्न लगाए र यौनांगको परीक्षण गरे।

उनीहरू कसैलाई पनि अधिकारीहरूले फेला परेको बच्चाकी आमा पत्ता लगाउन यस्तो परीक्षण गरिएको जानकारी दिइएको थिएन। उक्त घटनाले त्यो दिन १० वटा फ्लाइटलाई असर पारेको बताइएको छ।

यसरी विमानस्थलमा अधिकारीको दुर्व्यवहार भोग्ने १८ महिलामध्ये १३ जना अष्ट्रेलियन थिए। उनीहरूले आफूले भोगेको दुर्व्यवहारबारे अष्ट्रेलियाली अधिकारीहरूलाई जानकारी दिएपछि केही दिनअघि घटना सार्वजनिक भएको हो।

बुधबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कतारी अधिकारीहरूको उक्त व्यवहार अस्वीकार्य र भयावह भएको बताएका छन्। उनले उक्त व्यवहार गर्नुको चित्तबुझ्दो जवाफ माग्ने र भविष्यमा यस्ता घटना हुन नदिने सुनिश्चितताका लागि आफ्नो सरकारले कडा कदम चाल्ने बताएका छन्।

उनले घटनाको तत्काल छानबिन गरिनु पर्ने बताएका छन्। अनुसन्धानपछि दुर्व्यवहार भोगेका महिलासँग कतारले सार्वजनिक माफी माग्ने, उनीहरूलाई क्षतिपुर्ति दिने विषयमा छलफल गर्न सकिने मोरिसनले बताए।अष्ट्रेलियाले कडा आपत्ति जनाएपछि बुधबार कतार सरकारले घटनाप्रति खेद व्यक्त गरेको छ।

कतार सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ- पहिलो पटक उक्त विमानस्थलमा यस्तो अवस्थामा बच्चा भेटिएको हो। जीवनलाई खतरा पार्ने गरी भएको यो घटनाले कानुनको चरम उल्लंघन गरेकाले अभिभावक खोज्न जहाजभित्र र बच्चा भेटिएको ठाउँ वरपर तुरून्तै अनुसन्धान गर्नुपर्‍यो। अनुसन्धानको उद्देश्य यस्तो जघन्य अपराध गर्ने व्यक्ति उम्किन नपाओस् भन्ने थियो यसबाट कुनै यात्रुको वैयक्तिक स्वतन्त्रतामा हनन पुग्न गएकोमा कतार सरकार खेद व्यक्त गर्दछ।

कतारका प्रधानमन्त्रीले उक्त घटनाको छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै रिपोर्ट आउनासाथ सम्बन्धित सबै पक्षलाई उपलब्ध गराउने कतारको वाचा छ। बाथरूममा फेला परेकी बच्चीको अवस्था अहिले सामान्य छ।

Previous Post

नेकपा केन्द्रिय समितिको बैठक सर्याे

Next Post

जम्मु कस्मिरमा प्रत्येक नागरिकलाई जमिनको हक प्रदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
जम्मु कस्मिरमा प्रत्येक नागरिकलाई जमिनको हक प्रदान

जम्मु कस्मिरमा प्रत्येक नागरिकलाई जमिनको हक प्रदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?