• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

नयाँ शीतयुद्धमा अमेरिका र चीन

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ काठमाडौं ।अमेरिका र चीनबीचको सम्बन्धमा नाटकीय ढङ्गले गिरावट आइरहेको छ । दुई देशको तनाव बढ्दै जाँदा अमेरिकाले ‘बौद्धिक सम्पत्तिको रक्षाका निम्ति’ भन्दै टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको दियो ।
प्रत्युत्तरमा चीनले अमेरिकी कदमलाई ‘आक्रामक तथा अनुचित’ भन्दै छेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ ।

पछिल्ला केही महिनाहरूमा अमेरिका र चीनबीचको विवाद आर्थिक, प्रविधिक र सामरिक हुँदै कूटनीतिक टकरावतर्फ मोडिएको छ । पस्परमा वाणिज्य दूतावास बन्दको घटना अमेरिका र चीनबीच बढ्दो तनावको पछिल्लो उदाहरणमात्र हो । दुई देशबीच व्यापार, ग्राहकमाथि जासुसी गर्न चिनियाँ दूरसञ्चार कम्पनी हुवाईले गरिरहेको गतिविधि, चीनले बौद्धिक सम्पत्तिको चोरी गरेको लगायत विषयहरूमा विवाद चलिआएको थियो ।

मानवअधिकार लगायत समानताका आधारमा दुबै देशले सम्बन्ध बढाउने विषयहरूमा विवाद जारी रहे पनि चीनले कोरोना भाइरस संक्रमणको प्रारम्भमै पर्याप्त पारदर्शिता नअपनाएपछि विवाद थप चर्कियो । पूर्वप्रतिबद्धताविपरीत हङकङमा चीनले सुरक्षा कानुन लागू गरेपछि विवाद टकरावको तहमा आइपुग्यो ।
चीनको सिन्जियाङमा मुस्लिम सर्वसाधरणहरूमाथि दमन गरेको निष्कर्षसहित दर्जनौँ विश्वसनीय मानवअधिकारवादी संघसंस्थाहरूले प्रतिवेदन तयार पारेपछि अमेरिकाले त्यसमा संलग्न भनिएका चिनियाँ अधिकारीहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

कोभिड–१९ महामारीको संकटकै बेला चीन आपसी विश्वास निर्माण गर्नुको सट्टा अमेरिकाप्रति शंका र दुश्मनी बढाउन उद्यत भएपछि दुई देशबीच कूटनीतिक प्रयासहरू असफल हुन थालेका हुन् ।

चिनियाँ सरकार नियन्त्रित मिडियाले कोभिड–१९ महामारी युरोप र अमेरिकामा भित्रिँदादेखि नै आगामी विश्वको भूराजनीतिको निष्कर्ष निकाल्न हतार गरिसकेका थिए । हरेक दिनजसो चिनियाँ सञ्चारमाध्यमको प्राथमिकता विश्वमा चिनियाँ सर्वोच्चता सुरु भइसकेको भन्नेमा केन्द्रित हुने गरेको छ ।

उनीहरूको समाचारको शैली सारा संसारलाई नै चीनले राहत र सहयोग गरेको भन्ने झल्काउने किसिमको थियो । चिनियाँ कम्युनिष्ट पार्टी नियन्त्रित कतिपय सञ्चार संस्थाहरूले अमेरिकी अक्षमता र गैरजिम्मेवार व्यवहार नै कोरोना भाइरस फैलिनुको कारण हो भन्ने निष्कर्षसहित विशेष सम्पादकीय लेखेपछि अमेरिकाको असन्तुष्टि चुलिन थालेको थियो ।

यता अमेरिकाको विदेश नीतिमा पनि बदलाब देखिन थालेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले चीनसँग अमेरिकाको सम्बन्ध विफल भएको घोषणा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीलाई ‘बेइमान विश्व खेलाडी’ र ‘क्रुर घरेलु शासक’ भनेका छन् ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीसँगै अमेरिकी साझेदारहरू, विश्वका अन्य प्रजातान्त्रिक देशहरू र चिनियाँ जनतालाई समेत चिनियाँ कम्युनिष्ट पार्टीको व्यवहार परिवर्तन गर्न अमेरिकासँग सहकार्यका लागि आह्वान गरेका छन् ।

विदेशमन्त्री पम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी र जिनपिङ अधिनायकवादी विचारधाराप्रति सच्चा विश्वास राख्ने, अमेरिकाले अनुमति दिइरहे उनी चीनबाहिर पनि निरंकुश बन्दै जाने, प्रतिबद्धता जनाए पनि व्यवहार फरक गर्ने, नयाँ नयाँ प्रतिज्ञा गर्ने र कार्यान्वयन नगर्ने व्यक्ति हुन् भनेका छन् ।

कोरोना भाइरसको महामहारीसँगै अमेरिका र चीनबीचको सम्बन्धमा चिसोपना बढेको हो । चीनले राज्य नियन्त्रित सञ्चारमाध्यमको व्यापक प्रयोग गर्दै कोरोना भाइरसको महामारीकै बीच अमेरिकाविरोधी भावना भड्काउने गरी प्रायोजित समाचारहरू प्रकाशन, प्रशारण गर्न थाल्यो ।

यसले चीनको आन्तरिक संकटबाट जनताको ध्यान विकेन्द्रित गर्न खोजे पनि अमेरिकासँगको सम्बन्ध झन् बिग्रिँदै गयो । अमेरिका र उसका रणनीतिक साझेदारहरू विपतको सामना गरिरहेका बेला प्रायोजित र बदनाम गराउने अभिप्रयायले समाचारहरू आएपछि अमेरिकाले आफ्नो देशमा रहेका चीनका १६० भन्दा बढी सञ्चार संस्थालाई सयमा झारिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमहरूले निकालिरहेको निष्कर्ष र विश्वव्यापी शक्ति सन्तुलनबीचको तालमेल कहीँकतै छैन, नत चीन आफैँ विश्व नेतृत्वका लागि तयार छ । ऊ छिमेकीहरूसँग क्षेत्रीय विवादबाट बाहिर छैन, अहिले पनि उत्तर कोरियाबाहेक अर्को भरपर्दो साझेदार छैन ।
अमेरिका र चीनबीचको सम्बन्धमा अहिले नाटकीय गिरावट आए पनि यी विवादहरू सन् २०१२ मै शुरु भएका हो । चीनमा सीको सत्तारोहणसँगै जागेको महत्वाकांक्षाले अमेरिकासँगको सम्बन्धमा दरार आएको हो । चीनले अमेरिका र युरोपेली संघबीचको सम्बन्धमा फाटो ल्याउनु, अमेरिकाका लागि रणनीतिक चुनौती खडा गर्दै आफ्नो बढाउने प्रयत्न पछिल्लो वर्ष उसैका लागि प्रत्युत्पादक सावित भइसकेको छ ।

युरोपको ग्रीस र इटालीको उदाहरणले धेरैलाई झस्काइसकेको छ । आफ्नो योगदान, भरपर्दो साझेदार र अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न खोज्दा चीनप्रति पश्चिमा देशहरू सर्तक भएका हुन् ।

शीतयुद्धताकाको सोभियत संघ विघटनअघिसम्म उसको ठूलो गठबन्धन र सहायता गर्ने देशहरू थिए, जुन चीनसँग अभाव छ । चीनसँग सोभियतभन्दा धेरै आर्थिक शक्ति रहे पनि सोभियत विरासतको पुनरावृत्ति गराउन सक्ने राजनीतिक, वैचारिक, कूटनीतिक र सैन्य सामर्थ्य छैन ।

प्रविधिमा चीनले सफलता हासिल गरिरहेको भए पनि चिनियाँ आविष्कारको परीक्षण र पर्दापछाडिका खेलाडीबारेको रहस्यले प्रश्नचिह्न भने कायमै राखेको छ । अमेरिकी विश्व प्रभुत्वलाई चुनौती दिन चीन लगायत शक्ति र प्रभाव विस्तारकै क्रममा छ । तै पनि, उसको लगानीमार्फत फैलाएको ऋणपासोबाट धेरै देश सावधान बन्न थालेका छन् ।

अमेरिका विश्व नेतृत्वमा पुग्नुमा उसले विश्वका लागि गरेको केही फरक र उदाहरणीय गुणहरूबाट र उसको विश्वमा बढ्दो संलग्नताले सम्भव भएको हो । आधुनिकीकरण र विश्वको जनसंख्याको रुचि अनुरूप नै अमेरिकी नेतृत्वको सुरुवात भएको हो । पहिलो र दोस्रो विश्वयुद्धमा उसको निर्णायक संलग्नता र दोस्रो विश्वयुद्धपछिको उसको उदार नीति नै अहिलेको विश्व व्यवस्था हो ।

जोसुकै राष्ट्रपति आए पनि अमेरिकाको रणनीतिक चासो मूलभूतरूपमा स्थिर छ । दशकौँसम्म अमेरिकी नीतिहरूमा अत्यन्तै कममात्र परिवर्तन भएका छन् । अमेरिकाले आफ्ना सहयोगीहरूको चाहना र अस्तित्व स्वीकारमात्र गरेको छैन, आवश्यक परेका बेला आफ्नो रगत–पसिना नै बगाएको छ ।

अन्तर्राष्ट्रिय प्रणालीको नेतृत्व गर्नुमा आफ्ना साझेदारहरूलाई असफल हुन नदिनु, हरतरहबाट मद्दत गर्नु, आफ्ना साझेदारहरूलाई आर्थिक र सुरक्षाका दृष्टिले सबल बनाउनु, तत्कालीन लाभ नखोज्नु र अप्ठेरो अवस्थामा साझेदार देशहरूलाई सहायता गर्नुले नै अमेरिकालाई विश्वव्यापी विश्वास बनाएको हो ।

अमेरिकी नीतिका विरोध देशहरू केहीमात्र छन्, जसले आफ्नो प्रगति हुन नसक्नुमा अमेरिकालाई दोषी देख्छन् । उनीहरूको अमेरिकी नेतृत्वको उदार र खुला विश्वको नेतृत्व गर्नसक्ने नत हैसियत छ, न सैन्य शक्ति या राजनीतिक दर्शन र विकल्पहरू नै छन् । उनीहरू फगत अमेरिकालाई गाली गर्ने तर आफू केही पनि योगदान नपु¥याउने शैलीमा छन् ।

अमेरिका चीन संघर्षले नयाँ शीतयुद्धको सम्भावना प्रबल बनाए पनि कूटनीतिक समाधानको बाटो रोकिइसकेको छैन । चीनको शक्ति लगातार बढिरहेको यर्थाथ रहे पनि चीन विश्व मामिलामा अझै पनि एक कच्चा खेलाडी हो । चीनलाई कुनै पनि महत्वपूर्ण देशको सहायता छैन, सीमित साझेदारहरू पनि सम्पन्न छैनन् ।

एक्काइसौँ शताब्दीको आजको विश्वमा एकअर्का देशप्रति निर्भरता बढ्दै गए पनि अत्यधिक चुनौतीपूर्ण र तीब्र गतिमा घटनाक्रम विकसित भइरहेका छन् । नयाँ घटनाक्रम जसरी अप्रत्याशित तवरबाट उदय हुन्छन्, त्यसले नयाँ साझेदारी, नयाँ सम्भावना र नयाँ समाधानमा निकाल्दैन नयाँ समस्या पनि सिर्जना गर्नसक्छ ।

Previous Post

चर्च भवन भँत्किदा २२ जनाको मृत्यु

Next Post

अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप

अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?