• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रोटरीको डिष्ट्रिक्ट सम्मेलन आजदेखि

Lekhnath Khabar by Lekhnath Khabar
February 7, 2020
in समाचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा शुक्रबारदेखि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलन हुँदैछ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा तीन दिनसम्म चल्ने सम्मेलनको तयारी पूरा भएको रोटरीका डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जनाए ।
सम्मेलनको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा रोटरी इन्टरनेशनलका प्रतिनिधि एन् विसेट एस्वोल, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री योगेशकुमार भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले सम्बोधन गर्नेछन् ।
रोटरी सम्मेलनका कार्यक्रम संयोजक गोपाल ध्वजुका अनुसार कन्फरेन्स हल, स्टेज निर्माणदेखि अतिथि र रोटरीयन सबैलाई न्यानो आतिथ्यको तयारी गरिएको छ ।
सम्मेलनमा करीब २ हजार ५ सय रोटरीयन सहभागी हुने आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लब तथा भुटानमा रहेको एउटा रोटरी क्लबका सदस्य सहभागी हुने सचिव डिल्लीप्रसाद शर्माले बताए ।
सम्मेलनमा अमेरिका, जापान, ताइवान, अमेरिका, स्वीडेन लगायतका देशका रोटरियन पनि सहभागी हुने छन् ।
नयाँबजारदेखि प्रदर्शनी केन्द्र जाने बाटोसम्म १० वटा स्वागत द्वार निर्माण गरिएको छ । कार्यक्रमस्थलमा सुरक्षा ब्यवस्था चुस्त बनाइएको छ । कार्यक्रमस्थल सुरक्षित बनाउन १२ वटा सिसी क्यामरासमेत जडान गरिएको उनले बताए । कार्यक्रमस्थलमा पोखराका सम्पदा झल्कने गरी हिमाल र ताल बनाइएको छ भने गण्डकी प्रदेशमा प्रचलनमा रहेको ‘घुमाउने घर’ निर्माण गरिएको छ ।
सम्मेलनमा रोटरी क्लब र रोटरियनले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामबारे छलफलसहित योजना बनाइने छ ।
सम्मेलनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामबारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुति राख्नेछन् । अन्त्यमा फेलोसीप हुनेछ ।
यसैबीच, रोटरी सम्मेलनको पूर्व सन्ध्यामा कार¥याली निकालिएको छ । सम्मेलनको प्रचारप्रसार गर्ने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंदेखि पोखरासम्म कार ¥याली निकालिएको संयोजक दीवाकरराज कर्णिकारले जानकारी दिए । गण्डकीमा हाल १६ वटा रोटरी क्लब संचालित छन् ।

Previous Post

गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

Next Post

पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?