• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सरकारी वित्त ६२ अर्ब बचतमा

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2020
in अर्थ खबर, समाचार
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आर्थिक वर्ष २०७६÷७७ को ५ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ६२ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३७ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च २ खर्ब ८७ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ३ खर्ब ३७ अर्ब ७१ करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ३ खर्ब ६ अर्ब ८७ करोड रहेको थियो ।
यसैगरी, २०७६ मंसिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ६३ अर्ब ३४ करोड (स्थानीय तहको खातामा रहेको ५० अर्ब ५३ करोडसमेत) नगद मौज्दात रहेको छ ।
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १४.१ प्रतिशतले बढेको छ ।
यसैगरी, खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित)२३ अर्ब ३० करोड (२.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ८५ अर्ब ३२ करोड (८.१ प्रतिशत) ले घटेको थियो । सञ्चित मुद्रा २.७ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ११.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा सञ्चित मुद्रा ८.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा यस्तो कर्जा १४.७ प्रतिशतले बढेको छ । मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ११.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशतले बढेको छ ।
२०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको छ (तालिका २) । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो ।
२०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.४ प्रतिशत रहेको छ । यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.३ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।

Previous Post

ढोरपाटन महिला डबल लिगः विभागीय एपीएफको दोहोरो जित

Next Post

एनसेलको ‘भ्यालेन्टाइन अफर’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
एनसेलको ‘भ्यालेन्टाइन अफर’

एनसेलको ‘भ्यालेन्टाइन अफर’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?