• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१४ लाखको बीमा मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2020
in अर्थ खबर, समाचार
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । लमजुङमा यूनियन लाइफ इन्स्योरेन्स कं.लि. बेसीशहर शाखा लमजुङले एक कार्यक्रमको आयोजना गरी बिमितको परिवारलाई १४ लाख बराबरको मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको छ । राइनास नगरपालिकाको कार्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी बिमितको परिवारलाई राइनास नगरपालिकाका प्रमुख सिहंबहादुर थापा र युनियन लाइफ इन्स्योरेन्स कं. लि. बेसीशहर शाखाका शाखा प्रमुख सुरेश बरालले संयुक्त रूपमा मृतकका श्रीमती संगीता गुरुङ नेपालीलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
राइनास नगरपालिकाका प्रमुख थापाले चेक हस्तान्तरण गर्दै मानिसको जीवनमा बीमा अपरिहार्य रहेतापनि कुनै पेशा, व्यवसायमा आवद्ध भएका व्यक्तिहरुमा अझैपनि बचत गर्नुपर्छ भन्ने भावनाको विकास नभएको बताए । बीमा गर्दा बर्षको एकपटक मात्र नविकरण शुल्क बुझाउनु पर्ने भएता पनि जीवन बीमा बारे धेरै जसो मानिसहरु सचेत नभएको तर यो आवश्यक हो उनले भने । उनले यूनियन लाइफ इन्स्योरेन्सले पारदर्शी ढंगले जनप्रतिनिधीसंगै सेवाग्राहीको घर आगँनमा आएर सेवा प्रदान गरेकोमा धन्यवाद दिए ।
राइनास नगरपालीकाका कानुनी सल्लाहकार हरि रानाभाटले बीमा आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता भएको बताउँदै बीमित नरहेता पनि उनको आश्रितले रकम पाएकोमा खुसी व्यक्त गरे । साथै बीमा वापत पाएको सो रकमको सदुपयोग गर्न उनले आग्रह गरे । यसैगरी यूनीयन लाइफ इन्स्योरेन्स कं.लि.बेसीशहरका शाखा प्रमुख सुरेश बरालले बीमाले मानवीय क्षतिको परिपुरण गर्न नसकेता पनि परिवारमा आइपर्ने आर्थीक विपत्तिमा ठुलो राहत पुग्ने बताए । धन कमाउने आशामा परिवारको सदस्य बैदेशीक रोजगारीमा जाने तर सो सदस्य सकुशल स्वदेश नफर्किदा परिवारमा ठूलो आर्थीक नोक्सानी पुग्ने अवस्थामा बीमाले परीवारको पिडामा मलहम लगाउने काम गर्ने उनको बताए । उनले जिल्लाका विभिन्न स्थानमा बीमा सम्बन्धी जागरण अभियान र परामर्श समेत संचालन गर्दै आएको जानकारी गराए ।
यसैगरी मिलनका आमा मैयाँ सार्कीले रोजगारीको क्रममा विदेशीएको आफ्नो छोरा गुमाएपनि पुन बीमा कम्पनीले बाँच्ने आधार प्रदान गरेको भन्दै खुसी व्यक्त गरिन् । मृतककी श्रीमती संगीता गुरुङ नेपालीले आफ्नो श्रीमानको अनुपस्थीतिमा पनि बीमाले मलहम लगाउने काम गरेको भन्दै यो रकम आफ्नो २ वर्षीया छोरीको उज्वल भविष्यको लागि पढाई लगायत अन्य आवश्यक कुरामा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
राइनास नगरपालीका– ७ घर भई बैदेशीक रोजगारीका क्रममा दुबईमा कार्यरत मिलन सार्कीेको गत डिसेम्बर महिनामा निधन भएको थियो । अघिल्लो दिन साँझसम्म मिलनले साथीहरुसँग राम्रै कुराकानी गरेर खाना खाएर सुतेको तर भोलिपल्ट बिहान सुतेकै अवस्थामा मृत अवस्थामा भेटिएको मृतक मिलनका दाजु बमबहादुर सार्कीले बताए । वैदेशिक रोजगारीको क्रममा झण्डै ६÷७ बर्षसम्म विदेशी भुमिमा रहेका मिलन ५ महिना अघि मात्र दुबइको ए.डि.सि.सि. कम्पनीमा स्काफफोल्डिङको कामका लागि गएका थिए ।

Previous Post

सरकारका गतिविधि लोकतन्त्र विरोधी: डा. शेखर कोइराला

Next Post

पोखरामा कुष्ठरोग दिवस मनाइयो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरामा कुष्ठरोग दिवस मनाइयो

पोखरामा कुष्ठरोग दिवस मनाइयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?