• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

सरकारका गतिविधि लोकतन्त्र विरोधी: डा. शेखर कोइराला

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2020
in राजनीति, समाचार
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारका गतिविधि लोकतन्त्र विरोधी रहेको बताएका छन् । उनले लमजुङमा नेपाली काँग्रेसको वेंसीशहर नगरपालिका– १ को वडा समितिद्वारा आयोजित वनभोज तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्वोधन गर्दैै त्यस्तो बताएका हुन् ।
उनले प्रेस स्वतन्त्रता तथा नागरिकका अधिकारको एक पछि अर्को गर्दैै कमजोर पार्दै लोकतन्त्रलाई नियन्त्रित लोकतन्त्र बनाउन लागि परेको दावी गरे । उनले भने, ‘दुई तिहाई नजिकको वर्तमान नेकपा सरकारबाट लोकतन्त्र माथि निरन्तर प्रहार भइरहेको छ ।’ उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुनेरहेछ, लोकतन्त्र कमजोर हुँदा देश कमजोर हुने पुष्टि भयो भन्दै लोकतन्त्र समाप्त गर्ने यो सरकारका गतिविधि भइरहेका छन् । यस्तो स्थितिप्रति काँग्रेस मुक दर्शक बन्न सक्दैन ।
उनले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको स्वीकार गर्दै काँग्रेस चुप लागेर वस्न नहुने भन्दै कार्यकर्तालाई क्रियाशील हुन आह्वान गरे । उनले भने, ‘संगठन विस्तार, आन्तरिक प्रशिक्षण लगायतका कुरामा निरन्तर लाग्न र आवश्यक परेमा लोकतन्त्रको स्थायित्वका लागि पुनः आन्दोलनको आँधिबेहरी ल्याउन तयार रहनु होला ।’ नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र खतरामा परेकोले आगामी दिनमा काँग्रेस चुप लागेर बस्ने सन्दैन, यो इतिहास सिद्ध तथ्य हो र अब पनि त्यसका लागि काँग्रेस तयार छ उनले उल्लेख गरे ।
उनले तीनवटै सरकारबाट लोकतन्त्र माथि निर्मम प्रहार गरिरहेको उनले दावी गरे । मुलुक भ्रष्टचारको दलदलमा रहेको र देश सर्वसत्तावाद, अधिनायकवादतर्फ उन्मुख हुँदै गइरहेको बताए । काँग्रेस नेता डा. कोइरालाले यो सरकारले प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय माथि अंकुश लगाएकोले आम जनता मौन बस्न नहुने तर्क गर्दै इतिहासमा नै देश अप्ठ्यारो परिस्थितिमा गुर्जेको बताए ।
राजनीतिमा नैतिकता, संस्कार, संस्कृति अपरिहार्य भएता पनि पछिल्ला दिनमा राजनीतिक पार्टी तथा तिनका नेताहरूमा सो कुरा हाराउदै गएको उनले चिन्ता व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसको वेंसीशहर नगरपालिका– १ को वडा समितिका सभापति शरणहरि जोशीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली काँग्रेस तनहूँका पूर्वसभापति ध्रुव वाग्ले, नेपाली काँग्रेस कास्कीका नेता यज्ञवहादुर थापा, नेपाली काँग्रेस लमजुङका सभापति भेषवहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै पार्टीलाई सही ढंगले हाक्न तथा पार्टी वलियो बनाउन नेता तथा कार्यकर्ता दुवैको दायित्व रहेको बताएका थिए ।

Previous Post

राज्यले सबैलाई समान व्यवहार गर्नुपर्छः केसी

Next Post

१४ लाखको बीमा मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

१४ लाखको बीमा मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?