• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

राज्यले सबैलाई समान व्यवहार गर्नुपर्छः केसी

Lekhnath Khabar by Lekhnath Khabar
January 26, 2020
in राजनीति, समाचार
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभापति केसीले कार्यरत कर्मचारीलाई व्यवस्थापनले समान व्यवहार गर्न सक्नु पर्ने बताए । उनले खानेपानी संस्थानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई विभेद भए सिंगो काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उपभोक्ता मैत्री बन्न कार्यालयलाई अनुरोध गर्दै जनताको सेवामा तल्लिन हुन कर्मचारीलाई अनुरोध गरे ।
खानेपानी संस्थान कर्मचारी संघका इकाइ अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा कास्की सभापति केसीले कर्मचारी व्यवस्थापन, कार्यालय स्थानान्तरण, ऐन तथा विनियमावली लेखनजस्ता विषयमा छलफल गरेर अघि बढ्न संस्थान नेतृत्वलाई सुझाव दिए ।
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका निवर्तमान अध्यक्ष डा परमेश्वर पोखरेलले काँग्रेस सरकारमा हुँदा कर्मचारीको सेवामा धोका नदिएको बताए । काँग्रेस नेता पोखरेलले आफू अध्यक्ष रहँदा संस्थान नीति, कर्मचारीलाई दुख तथा कार्यालयको अहित कहिल्यै नगरेको बताए । डा पोखरेलले कार्यरत कर्मचारीको रोजगारमाथि कसैले खेलवाड गर्न नहुने बताउँदै कर्मचारी संघलाई अगुवाई गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संस्थानमा यतिका वर्षसम्म करार र ज्यालादारीमा मजदुर रहनु व्यवस्थापनको कमजोरी भएको बताए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले समस्या समाधानमा संस्थानमा क्रियाशील युनियनको एकतामा जोड दिए । धमलाले संस्थानमा लामो सयम करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गरिनुको विकल्प नभएको भन्दै रोजगारको ग्यारेन्टी गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं अनिवार्य अवकास प्राप्त कर्मचारीकातर्फबाट उदयराज अधिकारीले कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन खोज्नु नकारात्मक भाव भएको बताए । अधिकारीले संस्थानको भविष्यसँग खेलवाड गर्न नहुने बताउँदै समस्यामा सबै कर्मचारी एकहुन आग्रह गरे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संगठन पोखराका प्रतिनिधि झलकराम अधिकारीले संघको इतिहाँस मिलेरै जाने आफूले पाएको भन्दै कसैले जागिर खाँदा कसैले रुँदै जानेस्थिति आउन नहुने धारणा राखे ।
कर्मचारी संघ इकाइ समितिका सहसचिव भोजराज चापागाइँले सञ्चालन गरेको सभामा सदस्य अनील शर्मा सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्की, प्रस्तावित विजयपुर शाखाका प्रमुख राकेश गोइत, संस्थान हेमजा शाखा प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख दिपेश्वर मण्डल लगायतले विभिन्न सुझाव दिएका थिए ।

Previous Post

मुलुक सञ्चालन सहमतिका आधारमा

Next Post

सरकारका गतिविधि लोकतन्त्र विरोधी: डा. शेखर कोइराला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सरकारका गतिविधि लोकतन्त्र विरोधी: डा. शेखर कोइराला

सरकारका गतिविधि लोकतन्त्र विरोधी: डा. शेखर कोइराला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?