• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजै निवास फर्कन सक्ने

Lekhnath Khabar by Lekhnath Khabar
October 31, 2019
in समाचार
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले सम्भवतः उहाँ आजै निवास फर्कने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेर आराम गरी सम्भवतः आजै अस्पतालबाट घर फर्कने जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीको भर्खरै डायलाइसिस भएको छ, चिकित्सकले मलाई बताएअनुसार एकैछिन विश्राम गरेर आज बालुवाटार पनि जान सक्नुहुन्छ, उहाँको हिजो एक चोटि डायलाइसिस भएको थियो, यसलाई पछि गर्नुपर्ने हो होइन त्यो चिकित्सकले नै भन्नुहुनेछ ।”

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल बुधबार अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पतालले भेटघाट कम गर्न आग्रह गरेको छ ।

अस्पतालले बुधबार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षण पूरा भएपछि उहाँ निवास फर्कने जनाइएको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार सो अस्पताल भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्री ओली गत भदौ ५ देखि २० गतेसम्म सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।

Previous Post

एमसीसीविरुद्ध खेल्ने नेपाली टाेलीकाे घोषणा, पारसले वान डे मात्रै खेल्ने (सूचीसहित)

Next Post

कृष्णनगर झडप अपडेटः मृत्यु हुनेकाे पहिचान खुल्यो, कर्फ्यु जारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कृष्णनगर झडप अपडेटः मृत्यु हुनेकाे पहिचान खुल्यो, कर्फ्यु जारी

कृष्णनगर झडप अपडेटः मृत्यु हुनेकाे पहिचान खुल्यो, कर्फ्यु जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?