• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अवरुद्ध हिले-पाख्रीवास-लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनकाे पहल

Lekhnath Khabar by Lekhnath Khabar
October 1, 2019
in समाचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षाका पूर्णरुपमा क्षति भई यात्रुहरुलाई आवत जावतमा समस्या भएपछि हिले पाख्रीवास लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनले पहल थालेको छ ।

सडकका कारण सास्ती बेहोर्नु परेको भन्दै नागरिकहरुले गुनासो गर्न थालेपछि स्थानीय प्रशासनले सक्रियता देखाएको हो । धनकुटाको हिलेबाट पाख्रीवास हुँदै लेगुवासम्मको २६ किलोमिटरको यात्रा गर्न अहिले एक दिनसम्म लाग्ने गरेको छ ।

धनकुटा हुँदै भोजपुर र संखुवासभासम्मको यात्रा पूरा गर्न लगभग कठिन छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको निमार्णाधीन अवस्थामा रहेको त्यस सडकखण्ड वर्षाका कारण दर्जनौँ ठाउँमा भत्किएका छन् । लेगुवाबाट बिहान हिँडेका यात्रु साँझ धनकुटा आइपुग्न अहिले हम्मे-हम्मे पर्ने गरेको छ ।

सडकखण्डको दर्जनौँ ठाउँमा हिलोमा फसेका गाडीलाई क्रेन र डोजरको सहयोगमा निकाल्दै यात्रुहरुलाई गन्तव्य स्थानतर्फ पठाउने गरिएको छ ।

चाडबाडका बेला दैनिक उपभोग्य सामग्रीह ढुवानीमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको सक्रियतामा सर्वपक्षीय भेला आयोजना गरी सरोकारवाला पक्षलाई बाटाे खुलाउन निर्देशन दिइएकाे छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र कुमार राई, प्रदेशसभाका सदस्य निरन राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायत सरोकारवालाहरुको सर्वपक्षीय भेलाले हिले पाख्रीवास खण्डको १३ किलोमिटर सडकखण्ड दशैँ तिहार अवधिभर कुनै पनि अवरोध नहुने गरी निर्वाध सञ्चालनको लागि सडक निर्माणको लागि ठेक्का पाएको कञ्चनजंघा कन्स्ट्रक्सनले व्यवस्था मिलाउने निर्णय गरेको हाे ।

कन्स्ट्रक्सनले भाइटीकाको भोलिपल्टदेखि सडक ग्राभेल गर्न सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेकाे प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताउनुभयाे ।

त्यस्तै बिरु कन्स्ट्रक्सनले पञ्चे लेगुवा १३ किलोमिटर सडकखण्ड पनि दशैँ तिहार अवधिभर निर्वाध रुपमा सञ्चालन गराउने र तिहार लगत्तै बाँकी काम सुरु गरेर २०७६ चैत्र मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गरेकाे छ ।

ती निर्माण कम्पनीहरुकाे प्रतिबद्धतालाई अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी मध्यपहाडी लोकमार्ग आयोजनालाई दिइएको प्रमुख जिल्ला अधिकारी डा.घिमिरेले जानकारी दिनुभयाे ।

Previous Post

रिपोर्ट : सुनसरीमा पाँच महिनामा एक सय ३५ ले आत्महत्या गरे

Next Post

विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न आवधिक योजनाले महत्वपूर्ण आधार तयार गर्छ : मुख्यमन्त्री राई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न आवधिक योजनाले महत्वपूर्ण आधार तयार गर्छ : मुख्यमन्त्री राई

विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न आवधिक योजनाले महत्वपूर्ण आधार तयार गर्छ : मुख्यमन्त्री राई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?