• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सरकारको १८ महिने उपलब्धीहरु सार्वजनिक !

Lekhnath Khabar by Lekhnath Khabar
September 20, 2019
in समाचार, हेडलाईन
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

संविधान जारी भएको चार वर्ष पूरा भइसकेको छ । संविधान अनुसार गठन भएको तीन तहको सरकारसँगै कानून निर्माणको काम अघि बढेको छ भने संविधान कार्यान्वयनको चरण मै छ । यसबीचमा, गठन भएको पाँच वर्षे सरकारले १८ महिनामा गरेको उपलब्धीको फेहरिस्त सुनाएको छ ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल गठन भएयताको उपलब्धिको फेहरिस्त सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिका सूचीमा उनको विदेश भ्रमणदेखि वृक्षारोपण गरिएका कुरासम्म उल्लेख गरिएका छन् ।

सरकारको १८ महिने उपलब्धीहरुः

१. आर्थिक वर्ष २०७५र०७६ मा यस दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि
२. निर्यात वृद्धि १९.४ प्रतिशतले र आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित
३. राजस्व सङ्कलनमा २२.६ प्रतिशतले वृद्धि
४.बैंकहरूको कर्जा विभिन्न क्षेत्रमा उल्लेखनीय मात्रामा विस्तार
५.सात प्रकारका प्राथमिकताप्राप्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान
६. स्थानीय तहमा वाणिज्य बैंकका शाखा ७३७ पुगेको
७.“खोलौँ बैंक खाता“ अभियान अन्तर्गत हालसम्म १ लाख ६५ हजार ६२२ जनाको बैंक खाता
८. सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कामको बाँडफाँट,
९. सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय सङ्घीयताको व्यवस्थापन सहजता
१०. भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीमा ३० हजारभन्दा बढी फर्महरू जोडिए
११. तातोपानी नाकाबाट आयात निर्यात पुनः शुरू
१२. सिन्धुपाल्चोकको लार्चास्थित सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएको
१३. टेलिप्रिजेन्सबाट राष्ट्रिय गौरवका परियोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणालीको सुरुवात
१४. राष्ट्रिय परिचयपत्रको वितरणको शुभारम्भ
१५. ८९ मालपोत कार्यालयवाट विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने कार्य थालनी
१६. अघिल्लो आर्थिक वर्षमा करिब एक हजार ६ सय किलोमिटर कालोपत्रे सडक निर्माण
१७. हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत् र नवीकरणीय ऊर्जाका परियोजना सञ्चालनमा
१८. ऊर्जा खपत वृद्धि भई ११० किलोवाट प्रतिघण्टाबाट २४५ किलोवाट प्रतिघण्टा
१९. ७ हजार ३ सय ७७ हेक्टर थप भूभागमा वृक्षारोपण
२०. ३ हजार ७ सय हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको
२१. भूकम्पबाट क्षति भएका चार लाख ९२ हजार निजी घर, पाँच हजार विद्यालय र ६६५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न
२२. दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको रूपमा मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा
२३. विद्यालय जाने उमेर समूहका बालबालिकामध्ये थप तीन लाख जनालाई विद्यालय भर्ना
२४. प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशभरिका ६४६ स्थानीय तहमा १ लाख ८८ हजार ३४६ जनालाई औसत १३ दिनका दरले जम्मा २३ लाख ४३ हजार १३६ दिनको रोजगारी उपलब्ध
२५. श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्यादित बनाउन श्रम सम्झौता र समझदारी
२६. जापानका नागरिकले पाउने सरहको सुविधा नेपाली श्रमिकले पाउने गरी जापानसँग द्विपक्षीय श्रम समझदारी
२७. श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा
२८. ४३ वटा ऐनमार्फत् २०१ वटा ऐन संशोधन, १३ वटा ऐन खारेज ।
२९. सिण्डिकेट अन्त्य गरी काठमाण्डू उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा सुधार
३०. आमनागरिकको सुविधाका लागि विद्युतीय बस छिट्टै सञ्चालनमा
३१. जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
३२. जापानसँग नेपालको सिधा हवाई सम्पर्क पुनःस्थापना
३३. नेपाल भ्रमण वर्ष २०२० का तयारी तीव्र
३४. दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयारी अन्तिम चरणमो
३५. ’ब्रेनगेन सेन्टर’ को स्थापना

यस बाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आठ मुलकका सरकार तथा राष्ट्र प्रमुखबाट नेपालको औपचारिक भ्रमण भएको जनाउँदै राष्ट्रपतिबाट विभिन्न चारवटा मुलुक, उपराष्ट्रपतिबाट दुई मुलुकको औपचारिक भ्रमण भएको समेत बताएका छन् ।

यस्तै, सरकार गठन भएदेखि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न कसुरमा ५४० जनाविरुद्ध ४ अर्ब २५ करोड रुपैयाँ विगो माग दावी गरी मुद्दा चलाइएको बताएका छन् ।

Previous Post

काठमाडौंकाे वन क्षेत्र तीव्रगतिमा घट्दै !

Next Post

घट्यो खाना पकाउने ग्यासको मूल्य !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
घट्यो खाना पकाउने ग्यासको मूल्य !

घट्यो खाना पकाउने ग्यासको मूल्य !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?