• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जर्मनीको आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा!

Lekhnath Khabar by Lekhnath Khabar
September 20, 2019
in समाचार
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट भएको तथ्याङ्क जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस)ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।

डेस्टाटिसका अनुसार जर्मनीको उत्पादित विद्युतमध्ये ५६ करोड किलोवाट विद्युतको स्रोत नवीकरणीय उर्जा रहेको छ । यो अघिल्लो बर्षको यही समयभन्दा ६।३ प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा सवैभन्दा बढी ४३।८ प्रतिशत विद्युतको स्रोत प्राकृतिक ग्यास रहेको थियो भने दोस्रो धेरै १३।६ प्रतिशत हावाबाट निकालिएको थियो ।

जर्मनीको २९ प्रतिशत हिस्सामध्ये महत्वपूर्ण विद्युतीय उर्जाको स्रोत कोइला रहेको छ भने हावाबाट २० प्रतिशत, फोटोभोल्टायिक्सबाट १३ प्रतिशत र आणविक शक्तिबाट १२ प्रतिशत रहेको डेस्टाटिसले जनाएको छ ।

जर्मनीमा नवीकरणीय उर्जाको हिस्सा गत बर्ष ४१ प्रतिशत रहेको र यसबर्ष पनि ६।३ प्रतिशतको वृद्धि भएको भएपनि सन् २०३० सम्म जर्मनीमा नवीकरणीय उर्जाको विद्युत उत्पादनमा योगदान पु¥याउने लिइएको राष्ट्रिय लक्ष्य ६५ प्रतिशतभन्दा यो अझै निकै निम्न उत्पादन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

जर्मनीमा गत बर्ष विद्युतीय उत्पादनबाट तीन अर्ब ११ करोड टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख छ । जर्मनीमा विद्युतबाट जति धेरै कार्बन उत्सर्जन अन्य कुनै स्रोतबाट नहुने पनि बताइएको छ ।

शुक्रबार जर्मन सरकारको जलवायु मन्त्रालयले विभिन्न उपायबारे निर्णय लिँदै यहाँको कार्बन उत्सर्जनलाई सन् १९९० को तुलनामा ४० प्रतिशतले घटाउने लक्ष्य लिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच तथ्याङ्क सार्वजनिक गरेपछि बसेको बैठकमा जर्मनीको सत्ताधारी दलहरू (सीडीयू, सीएसयू र एसपीडी) को गठबन्धनले जर्मनीमा कार्बन उत्सजर्नमा यातायात क्षेत्रको प्रभाब तथा वैकल्पिक इन्धन र ट्रेनको कर कटौति साथै भवनहरूको उर्जा क्षमताका बिषयमा छलफल गरेको थियो ।

Previous Post

पहिरोले रुख ढल्दा सल्यान सदरमुकामको विद्युत अवरुद्ध

Next Post

संविधान कार्यान्वयनको चार बर्ष : संघीयता संरचना संस्थागत, कानूनमा उल्झन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
संविधान कार्यान्वयनको चार बर्ष : संघीयता संरचना संस्थागत, कानूनमा उल्झन

संविधान कार्यान्वयनको चार बर्ष : संघीयता संरचना संस्थागत, कानूनमा उल्झन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?