• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

एक महिलालाई आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका!

Lekhnath Khabar by Lekhnath Khabar
September 17, 2019
in समाचार
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

। कपिलवस्तुको बुद्धभुमि नगरपालिका– ६ महुवाको बैरिहवाकी एक महिलको सोमवार राति जलाएर हत्या गरेकाे आशंका गरिएको छ । शवको प्रकृति हेर्दा हत्या गरेको आशंका भएकाे बताइएको छ। मृतकका बुवा बिष्णु नाउले आफनी २२ वर्षीया छोरी शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, जगदीका बाबु भिखी नाउ र आमा बासमतीले जलाएर मारेको आरोप लगाएका छन् ।

सोमवार राति ११ बजे तिर शीला आफनो कोठमा जलेर गंभीर घाईते भएकाे अवस्थामा थिइन्। कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुरका मृतकको बुवा बिष्णुले तीन जना मिलेर छोरीलाई पहिला घाटी च्यापेरको र पछि मट्टीतेल हालेर जलाएको आरोप लगाए । बिष्णुले भने ‘ छोरी र ज्वाइँबीच झगडा भइरहेको खबर मलाई पनि आउने गरेको थियो तर यस्ता ठूलाे घटना हुँदा चाही मलाई कसैले जानकारी गराएन ’ । कोठा भित्र रहेकी मृतक शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि तौलिहवा अस्पताल ल्यानेक्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । उनले घटना हत्या वा आत्महत्या अझै यकीन भई नसकेको बताइएका छन् । ‘ हामीले दुबै पाटोलाई हरेर अनुसन्धान गरिरहको छौ ’ उनले भने । शीलाको छाती र पेटको भाग जलेको छ । टाउको र हातमा केही भएको छैन । ५ बर्ष अघि शीलाको बिवाह भएको थियो ।

गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफनो घर लगेका थिए । बिष्णुका बैनी ज्वाई राजु नाउले शीला र जगदीशबीच यस अघि पकट पकट झैझडा हुँदै आएको बताए । राजुको शैलुन पसलमा जगदीशले काम गर्ने गर्थे । केही कुरा हुँदा आफूलाई जगदीशले भन्ने गरेको तर त्यस दिन भने केही जानकारी नगराएको उनले बताए । बिष्णुकै घरबाट करिब ११ बजेतिर घटना बारे मोबाईलमा फोन आएको आफूले नै बिष्णुलाई घटना बारे जानकारी गराएको उनले बताए । उनले पनि शीलाको हत्या भएको अरोप लगाए ।

घटना आत्महत्याबाट भएको भन्दै जगदीशले प्रहरीमा निबेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा रहेको जगदीशले आफू त्यस दिन भात खाएर ९ बजेतिर पन्डिपुरमा नाच हेर्न गएको बताए । उनले घरबाट सो घटना बारे आफूलाई खबर आएको उनले बताए । उनले श्रीमिती र आफूबीच कुनै झगडा नभएको र के कारणले घटना भएको थाहा नभएको बताए । घटना बारे थाहा पाएपछि शीलाकी आमा गीता नाउ अर्ध चेत बनेकी छिन् ।

उनी अहिले तौलिहवा अस्पतालमा छिन् । मृतककी दिदी प्रियाले पनि आफनी बैहिनीको श्रीमान र उनका सासु ससुराले जलाएर मारेको आरोप लगाइन् । उनका अनुसार सिलका श्रीमान ससुराले मदिरा सेवन गर्ने गर्छन । ‘ मेरी बैनीलाई सासु ससुराले सधै अपशब्द बोल्ने गाली गलौच गर्ने गर्थे तिनीहरुले नै मारेका हुन् ’ उनले आँसु झार्दै भनिन् ‘ तिनीहरुलाई कडा कारबाही हुनु पर्छ ’ ।

मृतकका बुवा बिष्णुले तीन जनाबिरुद्ध किटानी जाहेरी दिने बताए । मृतकाको शव परिक्षणका लागि तौलिहवा अस्पताल ल्याइएको छ । प्रहरी उपरिक्षक दीप शमसेर जबराले घटना हत्या वा आत्महत्या अझ भन्न नसकिने बताए । शवको परिक्षण र घटनाको अनुसन्धानपछि त्यसको यकीन हुने उनले बताए ।

Previous Post

एघार दिनदेखि १८ सय घरधुरी अन्धकारमा

Next Post

गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह

गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?