• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

एघार दिनदेखि १८ सय घरधुरी अन्धकारमा

Lekhnath Khabar by Lekhnath Khabar
September 17, 2019
in अर्थ खबर
0
0
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र नहर मर्मत गर्ने भन्दै विद्युत् बन्द गरेको छ । पेनस्टक पाइप बदली कार्य अन्तिम चरणमा पुगेको छ भने नहर मर्मत गर्ने काम धमाधम चलिरहेको छ । ६३ मिटर नयाँ पेनस्टक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इञ्जिनियर दावाजाङ्मु शेर्पाले बताउनुभयो ।

विद्युत्गृहदेखि माथि ११ वटा पेनस्टक पाइप जडान गरिएको हेल्दुम वितरण केन्द्र उपभोक्ता समितिका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिनुभयो । निर्माणस्थलमै रहेका २६ वटा पाइप जडान गर्नुपर्नेमा ११ वटा जडान गरिसकेको र बाँकी १५ वटा बुधबार बिहानसम्म जडान गरिसक्ने अध्यक्ष रोकायाले बताउनुभयो । विद्युत् पुनः निर्माणमा उपभोक्ता समितिले नयाँ पेनस्टक पाइप बदली गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । उहाँका अनुसार दुई÷तीन दिनसम्ममा उपभोक्ताको सबै काम सम्पन्न हुनेछ ।

नहर मर्मत र ग्याबिनको ठेक्का पाएको आङ्गजुकलामा भने अबको तीर÷चार दिनमा काम सकेर विद्युत्गृह रहेको पाइप नहरमा पुग्ने बित्तिक्कै जडान कार्य पूरा गरेर विद्युत् आपूर्ति शुरु हुनेछ । ठेकेदार र उपभोक्ता समितिले चाँडै बत्ती बाल्ने प्रयास गरे पनि कामदाहरु भने अझै एक हप्तासम्म लाग्ने अनुमान गर्छन् । असोज ५ गतेसम्म परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले गरेको छ ।

एउटै मेशिनले काम गर्छ

विद्युत्गृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिनले काम गर्न छोडेको छ । वितरण केन्द्रले पुनःनिर्माण गरे पनि एउटा मेशिनले काम नगर्दा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० घरधुरीका सेवाग्राहीले उही पुरानै अँध्यारोको दुःख खेप्नुपर्ने अवस्था रहेको छ ।

विद्युत्गृहमा रहेका दुई मेशिनमध्ये एक मेशिनका सामग्री नै नभएको त्यहाँका कर्मचारीले बताएका छन् । दुवै मेशिनका पार्टपुर्जा पूरा नहुँदा हिउँदको समयमा सदरमुकामवासीले विगतका वर्षजस्तै लोडसेडिङको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका सामग्रीबाट करीब १५ वर्षदेखि काम चलाईँदै आएको छ । वितरण केन्द्रको चरम लापरवाहीका कारण सेवाग्राहीले अझै सास्ती खेप्दै आउनुपर्ने अवस्था छ ।

यही भदौ २० गते शुक्रबारदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । केही वर्ष अघिदेखि फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ ९टालटुल० गरेर काम चलाउँदै आइएको थियो । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको चरम लापरवाहीका कारण विद्युत् आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् ।

ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । दश दिन विद्युत् आपूर्ति नहुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयलगायत उद्योग, पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ ।

Previous Post

चाडपर्वलाई लक्षित गरी १ हजार प्रहरी परिचालन!

Next Post

एक महिलालाई आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका!

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
एक महिलालाई आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका!

एक महिलालाई आफ्नै श्रीमान र सासु-ससुराले जलाएर हत्या गरेको आशंका!

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?