• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

१० फलफूल र तरकारीमा विषादीको सीमा निर्धारण

Lekhnath Khabar by Lekhnath Khabar
August 5, 2019
in मुख्य समाचार
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

२० साउन, काठमाडौं । नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीमा पहिलोपटक जिवनाशक विषादीको अधिकतम सीमा निर्धारण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभिन्न दश प्रकारका फलफूल तथा तरकारीमा एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट० तोकिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार फलफूलमा स्याउ र केरा तरकारीमा करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम प्रयोग सीमा निर्धारण गरिएको छ ।

दैनिक प्रयोगमा आउने तथा आयात हुने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको अधिकतम सीमा नेपालमा पहिलो पटक निर्धारण गरिएको हो । एमआरएल निर्धारणपछि ती १० प्रकारका तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको १ देखि ७३ प्रकारका विषादीको कति मात्रा मानव शरीरका लागि प्रयोग गर्दा हानिकारक हुन्न भन्ने यकीन हुने प्रवक्ता महर्जनले बताए ।

राजपत्रमा सूचना प्रकाशनका लागि पठाइकिएको विवरणअनुसार स्याउमा २७ प्रकारका विषादी अवशेषको अधिकतम प्रयोग सीमा तोकिएको छ । यस्तै केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ ।

विभागका अनुसार यसअघि पिउने पानी, पाउडर दुध र गेडागुडी जस्ता खाद्य वस्तुमा मात्रै एमआरएल तोकिएको थियो । विभागले थप १० प्रकारका फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि ड्राफ्ट तयार गरेको पनि जनाएको छ ।

मन्त्रालय माताहतको खाद्यस्तर निर्धारण समितिको सिफरिसपछि मात्रै उक्त वस्तुहरुको एमआरएल निर्धारणको प्रक्रिया अघि बढ्ने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले बताए ।

नेपाल सदस्य राष्ट्र भएका कारण एमआरएल निर्धारणबारे विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ० लाई जानकारी गराइएको र ६० दिनको अवधिमा सदस्य मुलुकबाट कुनै टिप्पणी नउठेपछि एमआरएल लागू गर्ने बाटो खुलेको हो । राजपत्रमा सूचना प्रकाशनपछि सेप्टेम्बर १ अर्थात भाद्र १५ गतेबाट एमआरएल कार्यान्वयनमा आउने विभागले जनाएको छ । गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोडेक्स मापदण्डभित्रै रहेर एमआरएल निर्धारण गरिएको विभागले जनाएको छ ।

Previous Post

टिभी नायिका चारुले चर्चित नायिका सुस्मिता सेनका भाइसँग कसिन् लगनगाँठो

Next Post

प्रदेश २ लाई विशेष प्याकेज चाहियो : मन्त्री जीतेन्द्र सोनल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय
मुख्य समाचार

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने
अर्थ खबर

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने

आज तमु ल्होसार मनाइँदै
मुख्य समाचार

आज तमु ल्होसार मनाइँदै

Next Post
प्रदेश २ लाई विशेष प्याकेज चाहियो : मन्त्री जीतेन्द्र सोनल

प्रदेश २ लाई विशेष प्याकेज चाहियो : मन्त्री जीतेन्द्र सोनल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?