एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले शानदार खेल खेल्दै लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराउन सफल भएको छ । गएको वर्षको उपविजेता न्यूजिल्याण्डले आईसीसी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराउन सफल भएको हो । त्यस्तै गएराती नै सम्पनन खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउन सफल भएर आँफुले पहिलो जित निकालेको हो ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएसँगै भारत थप हौसिएको छ । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक(एक विकेट लिए । त्यस्तै त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै क्ल ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन जोडेको थियो ।
Discussion about this post