• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

ओली र प्रचण्ड मिलेर देश डुबाए भन्दै गर्जिए नेता लेखक

Lekhnath Khabar by Lekhnath Khabar
June 5, 2019
in राजनीति
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रायमाझीले वाईडबडी सुविधासम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि सुझाए । उनले भने,‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन् ।’ निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले प्रश्न गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन् ? यस विषयमा सरकारले अब सोच्नुपर्छ । प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने ? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ । अहिलेको अध्यक्षले काम गर्न नसके तत्काल फेर्नुपर्छ ।’रायमाझीले यो वर्षको बजेट गत वर्षको भन्दा धेरै राम्रो आएको टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्षको बजेट राम्रो आएको थिएन । तर, यो वर्ष राम्रो बजेट आएको छ । पूर्वाधार विकासको क्षेत्रमा र सामाजिक सुरक्षा कार्यक्रम हेर्दा अघिल्लो वर्षको बजेटभन्दा यो वर्षको बजेट तुलनात्मक रुपमा धेरै राम्रो छ ।’
उनले यो वर्षको बजेट विकास र समृद्धिमा टेवा पुग्ने खालको रहेको पनि दाबी गरे । उनले सांसदहरुलाई दिईएको ६ करोड बजेट राम्रो भएको प्रंशसा गर्दै अझै अपुग रहेको आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदहरुलाई दश करोड दिएको भए राम्रो हुन्थ्यो ।’

नेपालको संसद अमेरिकाको सिनेट र युरोपियन युनियको संसदजस्तो नभएको भन्दै पूर्वाधार विकास र आर्थिक समृद्धिको सवालमा नेपाल धेरै पछाडि रहेको पनि उनको भनाई थियो । कानून र ऐन बनाउन जान्छौं भन्यो भने जनताले भोट नदिने तर विकास र समृद्धि गर्छु भनेर मच्चिएर भाषण गर्दा मात्रै भोट दिएर जिताउने पनि रायमाझीले सुनाए ।
नेपालको विकासलाई एउटा स्तरमा माथि पुर्याउनको लागि पनि स्थानीय विकास पूर्वाधार कोषलाई राख्नुपर्ने उनको भनाई छ । उनले सांसदलाई दिईने पैसा यदि दुरुपयोग हुन्छ भन्ने लाग्यो भने त्यसलाई कानून तथा नियमावली बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

नेकपाभित्र अहिले कुनै विवाद नरहेको पनि उनले जिकिर गरे । रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताए । उनले भने,‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक प्रस्तावको रुपमा आएको छैन् । नेताविशेषको कुरामा लागेर हुँदैन । यसमा बहस गरिरहनुपर्ने म आवश्यकत्ता ठान्दिन्।’
आफू यो वा त्यो अध्यक्षको पक्षमा नभई दुवै अध्यक्षको पक्षमा रहेको पनि रायमाझीको दाबी छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य सहमति आफूहरुलाई थाहा नभएको पनि रायमाझीको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाए । उनले भने,‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’
सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे । उनले भने,‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो । तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन । यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन् ।’

वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ । उनले भने,‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन्।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै लेखकले प्रश्न समेत तेर्साए ।नेता लेखकले संघीय सरकारले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए ।फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएकोबारे टिप्पणी गर्दै भने,‘जुन ढंगले यो विषय आएको छ, यसले चाहीँ स्थिरताको नारा, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको पुष्टि गरेको छ ।’ तत्कालिन् नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकतालाई उनले ओली र प्रचण्डबीचको भागबण्डाको संज्ञा दिए ।मुलुकमा पछिल्लो समय व्यक्ति केन्द्रित राजनीति सुरु हुन थालेको पनि उनले जिकिर गरे ।

Previous Post

यसकारण आज सरकारले दियो सार्वजनिक बिदा

Next Post

अब डेढ वर्ष पछि मात्र आउने भयो मेलम्चीको पानी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post

अब डेढ वर्ष पछि मात्र आउने भयो मेलम्चीको पानी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?