अनिल योगी
यो देशका समस्या कहिले सकिन्छन ? मधेशी मुलकै नेपाली डा. रामवरण यादब राष्ट्रपती हुनु भयो, मधेशी मुलकै उपराष्ट्रपति परमानन्द झा हुनु भयो । मस्तिका साथ शान र मानको जीवन बाच्नु भयो तर पनि मधसी जनताका मुद्दा सकिएनन ।
सुशिला कार्की सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुनु भयो, ओनसरी घर्ती संसदको सभामुख हुनु भयो र बिद्या देवी भन्डारी यो राष्ट्रको दुई-दुई पटक राष्ट्र प्रमुख हुनु भयो अझैं महिलाका मुद्दा सकिएका छैनन् ।
सबै जातिका भुसतिघ्रेहरु राज्यसत्ताको नेतृत्वमा साम, दाम दन्डभेद सबै प्रयोग गरेर पुगे तर जातीय मुद्दा कहिले पनि सकिदैनन । यस्तो चरित्रहिन पाखन्डपुर्ण राजनीतिक आवरणको धन्दाले र यस्ता भ्रष्ट मानिसहरुका बिवेकले यो राष्ट्रलाई जिवित राख्न सक्दैनन् भन्ने कुरा प्रष्टछन् ।
नेपाली जातिलाई यस राष्ट्रभित्र एकापसमा लडाई गराउँदै समाप्त पार्नका लागि देशी बिदेशी तत्वहरुले बिगत राजनीतिक नारा अघि सार्दै लडाई गराए, अब जात, भाषा र धर्मका मुद्दा उठाएर नेपालीलाई लडाईमा हाल्ने प्रपन्च गर्दैछन् । दुखको कुरा नेपाल राष्ट्र समाप्त पार्न र नेपाली जातिलाई समाप्त पार्न यो जघन्य अपाराधिक कृयाकलापमा नेपालका राजनीतिक दलकै नेताहरु लागि परेका छन् । मलाई सम्झना ताजैछ, २०४६ साल भन्दा अगाडि नेपाल राष्ट्र यस्तो थिएन ।
राज्यको तागत राष्ट्रिय अन्तर्राट्रिय स्तरमा बलियो ढंगले स्थापित थियो । साशकहरुको मान र मर्यादा पनि निकै उच्च प्रकारको शानदार थियो । सामाजिक न्याय र सामाजिक सुरक्षा पनि एक—एक प्रकारले बलियो भरिलो नै थियो ।
कुनै पनि क्षेत्रमा बिदेशिको खासै कुनै भुमिका देखिदैन थियो । हाम्रो स्वधर्मका बारेमा यस्तो प्रकारको लज्जाबोध हुने गरि बिचलन र बिवाद्को एक शब्द पनि सुन्न पाईदैन थियो । हो हाम्रा केही रुढिवादी संस्कार र केहि बिचित्रका सामाजिक सभ्यता पनि थिए, जुन क्रमश नेपाली जनताले स्वयंम अस्वभाविक ठान्दै आफै परिवर्तन गर्दै थिए ।
म कर्णालीमा जन्मेको हुनाले त्यहा छुवाछुतको निकै ठूलो समस्या थियो ।
जब म बि.सं. २०४३ साल तिर काठमाडौं अध्यनका लागि आए, तब मैले बुझे यो त गलत कुरा रहेछ । त्यसपछि मैले गाउँमा गएर छुवाछुत गर्न हुँदैन भनेर दलित भनिएका दाजुभाईहरु संग सबै कुरा मैले व्यत्तिगत रुपमा चलाए ।
मलाई के थाहा थियो भन, समाज बल प्रयोग गरेर परिवर्तन हुँदैन र गर्नु पनि हुँदैन । एउटा पक्षलाई बल प्रयोग गरेर दबाउँदा अर्को पक्षलाई चोट पुग्न सक्छ र सामाजिक रुपमा त्यसले बिवाद पैदा गर्न सक्छ । त्यसैले समाजका सचेत नागरिकहरुले यस्ता बिसंगतिहरुलाई बिस्तारै हटाउदै जानुपर्छ भन्ने ठानेको थिए ।
२०४६ सालको परिवर्तनले कानुनी रुपमा यस्ता बिकृतिलाई बर्जित गर्ने प्रयास गरे पनि राज्यले व्यवहारमा लागू गर्न सकेन र समाजका बिकृतिहरु कायम नै थिए । मैले माथि भने, समाजलाई बल प्रयोग गरेर परिवर्तन गर्नु उपयुक्त हुँदैन । ठिक त्यसको बिपरित जब माओवादिको आवरणमा देशमा युद्धको सुरुवात गरियो, त्यो युद्धले त्यही सामाजिक कुसंस्कारलाई अत्यन्तै महत्वका साथ उठायो र त्यही अछुत भनिएको वर्गलाई युद्धमा होमिन बाध्य पार्ने रबैया राज्य र युद्धरत दुबै पक्षले प्रदशन गरे ।
सामाजिक रुपान्तरणका नाममा युद्ध र क्रान्ती हाक्नेहरुले आज पनि सामाजिक रुपमा ती बिकृती र बिसंगतिहरु कायम छन् भन्ने कुरा बुझेकाछन । आन्दोलन र क्रान्ति गर्नेहरुको उदेश्य केवल सत्ता र शक्तिमा पुगेर रवाफिलो जीवन बाच्नु मात्र थियो । उनिहरुले आफैले उठाएका सामाजिक मुद्दा जहाँका त्यही छोडेर सत्ता र सास्वादनको घनचक्करमा नराम्रो संग फस्न पुगे ।
परिवर्तनका नाममा गरिएका आन्दोलन र क्रान्तिले राष्ट्र र नेपाली जनतालाई जुन हदको दुखद अवस्था सामना गर्नु प¥योे, त्यसको बदलामा उपलब्धिको सट्टा थप विकराल समस्यामा नेपाल र नेपालीलाई फसाउने काम गरिएको छ । नेपाली जनताको सामाजिक एकता बलियो हुँदैन थियो भने देशी बिदेशी शत्रुहरुले पहिलो संविधान सभाकै समयमा नेपाल राष्ट्रलाई जातीय दङ्गामा फसाउने प्रपन्च गरि सकेका थिए, जुन सफल हुन सकेन ।
कसैलाई भ्रम नरहोस, नेपालका नेताहरु नेपाल र नेपालीको हित र सुरक्षाका निमित्त राज्यसत्तामा बसेर काम पट्टकै गरि रहेका छैनन् । किन कि उनिहरुका अन्नदाता र नेपालको सत्ता र शक्तिमा राख्ने बिधाता बिदेशीहरु हुन् । नेपाली जनतालाई र बिदेशिलाई यदाकदा लोकतान्त्रिक राज्य व्यवस्था चलाई रहेकाछौ भनेर देखाउने केवल बाध्यता मात्र हो । यस्तो अप्रजातान्त्रिक र गैरन्यायिक व्यवस्थालाई लोकतान्त्रिक राजनितिक ब्यवस्था हो भनेर सचेत नागरिकले पत्याउनै सक्दैन ।
अब के गर्ने ?
नेपाली आम जनताले गम्भीर भएर सोच्ने समय आयो । किन कि हाम्रो सामाहिक एकता र राष्ट्रिय एकतालाई खन्डित गर्दै नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्ने र नेपाली लाई समाप्त पार्ने चक्करमा बिदेशिहरु लागि परेका छन् त्यो अपराधलाई सघाउने र सहज वातावरण बनाई दिनका लागि नेपालका राजनीतिक दलका धेरै जसो नेताहरुले खुलेरै बिदेशिलाई मद्दत गरिरहेका छन् यो निकै खतरनाक कुरा हो ।
हामीले हाम्रो राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखन्डता र स्वाधिनताको रक्षा गर्नका लागि राजनीतिक दलका झन्डालाई छोडेर राष्ट्रिय झन्डामा गोलबद्ध हुनुपर्छ । नेपाल राष्ट्रको निर्माण र सुरक्षाका निमित्त त्याग र बलिदान दिने र भद्र तरिकाले देशको आत्मसम्मान र नेपाली स्वाभिमान उच्च बनाउनका लागि इमानदारी पुर्वक आफ्नो बुताले सके सम्मको काम गर्ने राजाहरुले बाहेक देशप्रति ईमान्दार अर्को संस्था र व्यत्ति देखिएन ।
नेपाल राष्ट्रको रक्षा गर्न र नेपाली जनताको जीवन सुरक्षित गर्ने सर्तमा प्रजातान्त्रिक सोच र बिवेक सहितको राजसंस्था र राजा आम नेपालीले खोजी गर्नुको बिकल्प छैन । यो कुनै व्यत्तिको रहरको मात्र कुरा होईन, नेपाल जोगाउने र नेपाली भएर बाच्न चाहने नेपालीका लागि आजको बाध्यता हो ।
एउटा अर्को ध्रुवसत्य कुरा के हो भने नेपालको राजसस्था र राजाले नेपाली युवाहरु, चाहे ती जुनसुकै राजनीतिक सिद्धान्त र बिचारका हुन् जुनसुकै जाति र समुदायका हुन् उनिहरुसंग राजा स्वंयम् आफै खुल्ला रुपमा बहस र छलफलमा आउनुपर्छ । किन कि नेपाल राष्ट्र कस्तो बनाउने, हाम्रो सामाजिक सुरक्षा अवस्थालाई कस्तो बनाउने भन्ने कुरा युवाहरुको सहयोग, सहभागिता र सुझावका आधारमा मात्र सम्भव हुनेछ । अन्यथा कुनै पनि ठोस काम गर्न सम्भव छैन । देशको बिकास गर्ने र नेपाल राष्ट्र र नेपालीको जीवन सुरक्षित राख्ने जिम्मेवारी स्वयम् नेपाली युवाहरुले लिनुपर्ने समय आएकोछ ।
युवाहरुलाई सधैं कमजोर ठान्ने र युवाहरुका काँधमा चढेर राष्ट्र हाक्ने गलत राजनीतिक धन्दाको अन्त्य राजसंस्थाले गर्नुपर्छ । जबसम्म राजसंस्था र नेपाली जनताको पारिवारिक सम्बन्ध कायम रहन सक्दैन तबसम्म नेपाल सुरक्षित रहन सक्ने कुनै सम्भावना देखिदैन । किन कि आजको देशको अवस्थाले यही संकेत गरिरहेको छ ।
नालायक साशकहरुले बिगत एक दशक सम्म नेपाल राष्ट्र र नेपाली जनतालाई युद्धमा फसाउने जुन अपराध गरे, फेरि त्यही अपराध गर्दैछन् । यस्ता अपराधिक तत्वहरुलाई नेपालीले जति सम्म राज्यसत्तामा राख्नेछन त्यतिनै कष्टकर जीवन भोग्न बाध्य हुनेछन् ।
Discussion about this post