• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

एभोकाडो महोत्सव सम्पन्न

उत्कृष्ठ एभोकाडो कृषक पुरस्कृत

Lekhnath Khabar by Lekhnath Khabar
November 24, 2018
in मुख्य समाचार
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा नगरमा एभोकाडो महोत्सव सम्पन्न भएको छ । यस प्रकारको महोत्सव एशिया महादेशमा पहिलो र विश्वमा दोस्रो महोत्सवका रुपमा लिईएको छ । केहि महिना अघि भनकुटा नगरपालिकाले धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेका थिए ।
एक कार्यक्रमका वीच महोत्वसको उद्घाटन एभोकाडो काटेर प्रतिनिधिसभाका सदस्य रोजेन्द्रकुमार राईले गरे । यस्तै सोहि अवसरमा सदस्य राईले नवनिर्माण एभोकाडो प्रतिमाको अनावरणसमेत गरेका छन् । करिव ३० लाखको लागतमा एभोकाडो प्रतिमासहित पार्क निर्माण गरिएको छ । सोहि अवसरमा नगर प्रमुख चिन्तन तामाङले एभोकाडो प्रतिमा रहेको चौक परिचय मोड क्षेत्रलाई फ्री वाईफाई जोन घोषणा गर्दै उद्घाटन गरेका छन् ।

सो अवसरमा सांसद राईले जनता धनि नभएसम्म सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियान सफल नहुने बताए । उनले अब केहि वर्षभित्रै देश समृद्ध हुने जिकिर गरे । उनले धनकुटा राजधानी नभएपनि धनकुटाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र तथा पूर्वाधार विकासमा सरकारले ठूलो लगानी गर्ने आश्वासन दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सदस्यहरुको तर्फबाट रामचन्द्र तुम्वा, नगरप्रमुखहरुको तर्फबाट महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, गाउँपालिकाहरुको तर्फबाट शहीदभूमिका अध्यक्ष मनोज राई, ृद्योग वाणिज्य संधका अध्यक्ष उमेश घिमिरे र पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख शकुन्तला बस्नेतले गरेकि थिईन ।
धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गर्नु र महोत्सवको आयोजना गर्नुको कारण वारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले जानकारी दिएका थिए ।

नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न महोत्सवको अवसरमा नगरका उत्कृष्ट ६ जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने कृषकहरुमा धनकुटा ६ का पुरुषोत्तम पोखरेल प्रथम भए । यस्तै धनकुटा ४ का राजकुमार तामाङ दोस्रो, धनकुटा ३ का जितेन्द्र राई तेस्रो भएका थिए । यस्तै सान्त्वता पुरस्कार धनकुटा ३ का रिता भण्डारी, धनकुटा ६ का उद्धव वाग्ले र धनकुटा ५ का सुजनभाई जोशीलाई प्रदान गरिएको थियो ।

प्रथम, दोस्रो , तेसा्रे र सान्त्वना पुरस्कृत हुनेहरुलाई क्रमशः नगद १५ हजार प्रमाण पत्र, १० हजार, पाँच हजार र सान्त्वना ३ जनालाई ३ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो । महोत्सवमा २५ भन्दा बढी एभोकाडो स्टलहरु प्रर्दशनीका लागि राखिएका थिए । महोत्सव एक दिनमात्र सञ्चालन भएकोमा नगरवासीहरु दुःखित भएका थिए । नगरवासीका अनुसार कम्तिमा पनि ३ दिन महोत्सव सञ्चालन हुनुपर्ने बताए ।

सो अवसरमा महोत्सव सम्पन्न गर्न खट्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै स्टल राखेका कृषकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Previous Post

स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला

Next Post

नेपाल समाप्त पार्न यति ठुलो षड्यन्त्र, अब अन्तिम बिकल्प जनता मात्र

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय
मुख्य समाचार

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने
अर्थ खबर

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने

आज तमु ल्होसार मनाइँदै
मुख्य समाचार

आज तमु ल्होसार मनाइँदै

Next Post

नेपाल समाप्त पार्न यति ठुलो षड्यन्त्र, अब अन्तिम बिकल्प जनता मात्र

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?