• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आज १ सय ८८ जनाको शल्यक्रिया

Lekhnath Khabar by Lekhnath Khabar
October 27, 2018
in स्थानीय
0
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा १० कार्तिक । बुधवारदेखि सञ्चालित बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । सो शिविरमा आज १ सय ८८ जनाको निःशुल्क शल्यक्रिया भएको शिविर सञ्चालक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।
शिविरमा मेजर तथा माईनर शल्यक्रिया र दन्तसम्बन्धि उपचार हुदै आएको छ । आज १५ जनाको मेजर शल्यक्रिया र ४२ जनाको पायल्ससहित माईनर शल्यक्रिया गरिएको शिविर आयोजक समितिका सचिव विजयसन्तोषी राईले जानकारी दिए । यस्तै १ सय ३१ जनाको दाँतको उपचार गरिएको श्रेष्ठले जानकारी दिए ।

अमेरिकी विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिदै आएको सो शिविर आगामी १७ गतेसम्म सञ्चालन हुने प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । सो शिविरमा महिलाको पाठेघर झरेको, पित्त तथा मुत्रथैलीको पत्थरी, हर्निया, हाईडोसिल,पायल्स, गाँठागुठीको शल्यक्रिया गरिदै आएको श्रेष्ठले जानकारी दिए । यस्तै दाँतसम्बन्धि उपचार तथा कृतिम हात वितरण गरिदै आएको श्रेष्ठले जानकारी दिए ।

शिविरमा धनकुटालगायत विभिन्न जिल्लाबाट उपचारका लागि आउनेहरुको भिड लागेको शिविर समन्वय तथा व्यवस्थापन समितिका संयोजक सुनिल कुमार डंगोलले बताए । भिडको कारण शिविरलाई व्यवस्थित गर्न स्वयम्सेवकहरुलाई समस्या भएको डंगोलले बताए । उनले शिविरलाई थप प्रभावकारी र बास्तविक पँहुचविहीनहरुलाई उपचारका लागि ल्याई दिन आग्रह गरेका छन् ।

शिविरमा पायल्स, पत्थरी र दन्तसम्बन्धि विरामी अत्यधिक रुपमा आउने गरेको शिविर व्यवस्थापन समितिका सदस्य सावित्रा राईले बताईन । उनले शिविरमा धरान, विराटनगरजस्ता ठूला शहरमा उपचार हुन नसकेका विरामीहरु पनि आएको जानकारी दिईन । राईले शिविरमा उपचारका लागि पहाडी जिल्लामात्र नभई लाहान, विराटनगर, धरान, झापा, उदयपुरबाट समेत विरामीहरु आएको बताईन ।

शिविरमा भोली आईतवार शल्यक्रिया नहुने प्रचारप्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए । सोमवारदेखि पुनः नियमित सेवा सुचारु हुने श्रेष्ठले बताए ।

Previous Post

जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

विभिन्न संस्थालाई सहयोग गर्दै तरुण दले स्थापना दिवस मनायो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

विभिन्न संस्थालाई सहयोग गर्दै तरुण दले स्थापना दिवस मनायो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?