लेखनाथ, ७ बैशाख ।
वि स २०७५ साल देखि लेखनाथको अर्घौ चोकमा संचालीत अर्घौ ज्वेलर्स प्रालीको दोस्रो शाखा पोखराको चिप्लेढुंगामा स्थापना गरेको छ । विगत लामो समय देखि सुन चांदी ब्यवसायमा संलग्न विष्णु सुनारले नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा र यस आसपासका ग्राहकको सुविधालाई मध्यनजर राख्दै सोमबार देखि अर्घौ ज्वेलर्स प्रा लीको शाखा पोखराको चिप्लेढुंगा बाट सेवा सुरु गरेका हुन् ।
नयाँ शाखाको रुपमा स्थापित पसलको एक बिशेष कार्यक्रमका बिच उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले समयको माग र ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै ब्यवसायलाई परिस्कृत गर्दै लैजानु पर्ने सुझाव राखेका हुन् ।
सोही अवसरमा पसलका संचालन विष्णु सुनारले नयाँ पसल उद्घाटनको अवसर पारेर १०/१५ दिनका लागि ज्याला र जर्तीमा विशेष छुटको ब्यवस्था गरेको बताए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य र द्धितिय उपाध्यक्ष धु्रबबाबु भट्टराई लगाएतले सेवालाई प्रभावकारी र गुणस्थरियता कायम गर्दै ग्राहकको मन जित्न सक्नु पर्नेमा जोड दिएका थिए ।






Discussion about this post