
लेखनाथ ६ फागुन
लेखनाथ जेसिसले २८ औं स्थापना दिवसको अवसरमा पोखरा २७ डाँडाको नाकमा रहेको श्रीकृष्ण प्रणामी वृन्दावन धाम आश्रममा रहेका १३ जना बालबालिका र वृद्धवृद्धालाई खाद्यान्न तथा पोशाक, स्टेशनरी लगायतका सामग्री वितरण गरेको छ ।
लेखनाथ जेसिसका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख गुणराज बुढाथोकीले लेखनाथ जेसिसले लेखनाथ क्षेत्रमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको हुनाले अझ युवाहरूमालाई देशमै रहेर देशमै भविष्य खोज्नका लागि उपयुक्त बाटाहरु रोज्नका लागि अनुरोध गरेका छन्।
लेखनाथ जेसिसका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, पूर्व अध्यक्षहरू सुरेन्द्रराज अधिकारी, हरिप्रसाद लामिछाने, ऋषिराम जमरकट्टेल, नवीन बास्तोला, रोशन अधिकारी, सुजन न्यौपाने, चन्द्रप्रकाश ढुङ्गाना, प्रकाश राई भाट, शालिग्राम ओझा लगायतले जेसिसले गरेको कामहरू प्रशंसनीय रहेकोले सबैले हातोमालो गर्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै पोखरा लेडिज जेसिसका अध्यक्ष सुनिता गौतम भण्डारी, पोखरा जेसिसका अध्यक्ष सुमन पहारी, आश्रमका संरक्षक गुरु विष्णु वशिष्ठ लगायतले बोलेका थिए। कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक कमल गौतमले गर्नुका साथै सञ्चालन महासचिव रसिस हरि भण्डारीले गरेका हुन् ।







Discussion about this post