• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Ramsharan Nepali by Ramsharan Nepali
December 14, 2025
in समाचार, स्थानीय
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २८ मसिर । लेखनाथ जेसीजको २८ औ अध्यक्षको रुपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७ औं शाखा अधिवेशन तथा २८ औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षतामा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा आकाश बराल र निशान गौतम परियार चयन भएका छन् भने उपाध्यक्षमा सुशान्तमणि दाहाल, बिनया जमरकट्टेल, विश्वास बराल र नबिन अधिकारी रहेका छन्

यसैगरि समितिको महासचिवमा रसिसहरि भण्डारी,शाखा सम्पादकमा ध्रुव राज घिमिरे,कानुनी सल्लाहकारमा मौसम बराल र कोषाध्यक्षको जिम्मेवारी सुशील ढुंगानाले पाएका छन् भने सचिवमा शिवानी के.सी. चयन भएकी हुन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.ईन्द्र प्रसाद तावारीले लेखनाथ जेसीजले सामाजिक सेवा, नेतृत्व विकास, युवाको क्षमता अभिवृद्धि तथा सामुदायिक विकासका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साथै उनीले आगामी दिनमा युवालाई जिम्मेवार नागरिक बनाउँदै समाज रूपान्तरणमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष सर्बेन्द्र न्यौपानेले आफ्नो कार्यकालमा संगठनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास र समाजसेवामा सक्रिय गराउँदै लेखनाथ क्षेत्रको समग्र विकासमा जेसीजको योगदानलाई अझ प्रभावकारी बनाइने बताए ।

कार्यक्रममा वर्तमान अध्यक्ष कृष्ण तिवारीले आफ्नो कार्यकालभर सञ्चालन गरिएका गतिविधिहरूलाई श्रव्य–दृश्य माध्यमबाट प्रस्तुत गरेका थिए । उहाँले कार्यकालका सफल–असफल पक्षहरू पदाधिकारी तथा सदस्यहरूले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै संस्थालाई अझ सुदृढ बनाउँदै आगामी वर्षका लागि सक्षम नेतृत्व प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं. ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, नागरिक परोपकार लेखनाथका अध्यक्ष देवराज पन्थी, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनाल, संस्थाका पूर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश राइभाट, पूर्व अध्यक्ष ऋषिराम जमरकटेल, लेखनाथ जुनियर जेसीजकी अध्यक्ष शोभा के.सी., पूर्व अध्यक्ष नवराज पौडेल, महासचिव सर्वेन्द्र न्यौपाने लगायतले जेसीजको महत्व, वर्तमान आवश्यकता र समाज विकासको भूमिकाकोबारे चर्चा गरेका थिए ।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गर्नुका साथै आगामी कार्ययोजना र कार्यक्रमबारे समेत छलफल गरिएको थियो । सहभागिहरूले संगठनलाई अझ मजबुत बनाउन सहकार्य, अनुशासन र निरन्तर सक्रियताको आवश्यकता औंल्याएका थिए ।

Previous Post

जागरुक नागरिक समाजको कपडा बैक

Next Post

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

Next Post
प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?