• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Lekhnath Khabar by Lekhnath Khabar
December 14, 2025
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कास्की, २७ मंसिर । ‘शक्ति, अनुशासन र आत्मरक्षाको प्रतीक तेक्वान्दो’ भन्ने नाराका साथ दुई दिवसीय प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता २०८२ पोखरा महानगरपालिका वडा नं २७ अर्घौचोकमा सम्पन्न भएको छ ।

रिठेपानी तेक्वान्दो डोजाङ लेखनाथ क्लवको आयोजनामा भएको प्रतियोगितामा कास्की जिल्लाभरिका निजी तथा सामुदायिक डोजाङबाट सहभागी १६ वर्षमुनिका १८० जना खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका थिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा खेलाडीहरूमा उत्साहजनक उपस्थिति देखिएको थियो । प्रतियोगिताका सम्पूर्ण खेलाडीहरूलाई मेडल तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रम संयोजक अस्मित लामाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले खेलकुदमा अनुशासन र नियमको पालना अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीहरू नियम र परिधिभित्र रही खेल्नुपर्नेमा जोड दिँदै वडाको तर्फबाट खेलकुद गतिविधिमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, १६ वर्षमुनिका बालबालिकामा खेलप्रतिको उच्च उत्साह देखिएको उल्लेख गर्दै आगामी वर्षदेखि यस प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले पहिलो पटक आयोजना गरिएको जुनियर तेक्वान्दो प्रतियोगिताले भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, अर्घौ नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, राइजिङ युवा क्लवका निवर्तमान अध्यक्ष विष्णु गुरुङ, समाजसेवी रामनरेश यादव, लेखनाथ युवा क्लवका अध्यक्ष वालगोपाल श्रेष्ठ, सचिव सन्दिप थापा लगायत वक्ताहरूले खेलकुद मार्फत समाज परिवर्तन सम्भव हुने, युवाहरूलाई अनुशासनमा बाँध्न सकिने तथा स्वास्थ्य र तन्दुरुस्तीमा योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

स्थानीय तह, संघ–संस्था तथा अभिभावकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न प्रतियोगिताले पोखरा–लेखनाथ क्षेत्रको खेलकुद विकासमा थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ ।

Previous Post

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

जागरुक नागरिक समाजको कपडा बैक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

Next Post
जागरुक नागरिक समाजको कपडा बैक

जागरुक नागरिक समाजको कपडा बैक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?