लेखनाथ, २७ मंसिर । पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको अर्घौ कृषि सहकारी सस्थाले आफनो लागनी उत्पादन तर्फ गर्ने निधो गरेको छ ।
सस्थाको १५ औं वार्षिक साधारण सभाका अधिकाम्स बक्ताहरुले सेयर सदस्यको आय आर्जन बृद्धि गर्नका लागि कृषि उत्पादनका क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका हुन् । साथै सस्थाको भावी योजनामा समेत नाम सुहाउदो उपयुक्त कृषि फर्म संचालन गर्ने योजनालाई समेत अगाडी वढाईएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै सस्थाका जेष्ठ सदस्य तथा सल्लाहकार गणेशभत्त अधिकारीले हरेक सहकारीले स्थानिय हावा पानी र सम्भाव्य ठाउको खोजी गरि एक सहकारी एक उत्पादनलाई अगाडी वढाउन सकिएको भए सहकारी क्षेत्रमा समस्या नआउने स्पष्ठ पारेका थिए ।
सस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणदत्त वस्ताकोटी,सेयर सदस्य नेत्रपाणि वास्तोला,विष्णु कुमारी खत्री लगाएतले आफनो धारणा राखेका थिए ।
सोही अवसरमा सस्थाका जेष्ठ सेयर सदस्य मंगली कामी र रुद्रप्रसाद दाहाल साथै सेयर सदस्य हरि वस्ताकोटी लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्ष र प्रभा कुमारी पौडेल सदस्यमा निर्वाचित भएकाले सन्मान गरिएको हो ।
यसै विच सोही अवसरमा सस्थाका सचिव हरि वहादुर लामिछानेले प्रगति प्रतिवेदन,कोषाध्यक्ष चन्द्रकान्त अधिकारीले आर्थीक प्रतिवेदन,लेखा समिति सदस्य ईन्दिरा ढुगानाले लेखा प्रतिवेदन र ऋण लगानी उप समिति सदस्य रेवतिरमण वस्ताकोटीले ऋण लगानीको स्थीतिको वारेमा जानकारी गराएका थिए ।
सस्थाका सचिव हरिवहादुर लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती सिग्देलले गरेकी थिईन ।






Discussion about this post