लेखनाथ–२४ मंसिर । पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्थाले आफना सेयर सदस्यलाई ब्यवसायिक उत्पादन तर्फ अग्रसर गराउने उदेश्यले मौरी पालन तालिम दिएको छ ।
सहकारीले सेयर सदस्यको आय आर्जनमा बृद्धि हुने गरि मौरी पालन गर्दै आएका किसानका लागि पुर्नताजगी गराउदै ब्यवसायिक बनाउने गरि तालिम प्रदान गरेको हो ।
तालिमको उद्घाटन गर्दै सहकारीका अध्यक्ष विष्णुप्रसाद बरालले सहकारीले नाफाका लागि मात्र काम नगरी आफना सेयर सदस्यको आर्थीक अवस्थालाई बृद्धि गराउनका लागि समय समयमा आय आर्जनमा सहयोग पुग्ने खालका तालिम गर्दै आएको जानकारी गराउदै अव सहकारीले लगानीका नयाँ ठाउहरुको खोजी गर्दै रहेको वताएका थिए ।
कर्जा उप समितिका संयोजक बिष्णुहरि ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा सुपरिवेक्षेण उप समितिका संयोजक जिवन ढुगाना, तालिमका मुख्य प्रशिक्षक रमेशराज पौडेल,मौरी सचेतना अभियानका संयोजक रामचन्द्र सुवेदी लगाएतले मौरी मानिसका मित्र जिव भएकाले यसको उचित रुपमा संरक्षण गरि मह उत्पादन तर्फ उन्मुख हुनका लागि सवैलाई अनुरोध गरेका थिए ।






Discussion about this post