• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

Ramsharan Nepali by Ramsharan Nepali
December 1, 2025
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ मंसिर ।
पोखरा–२७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले ‘डायमण्ड रनिङ सिल्ड-२०८२’ शुरु गरेको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा विद्यालयका प्राचार्य यमबहादुर रोकाले विद्यार्थीहरूमा सर्वाङ्गिण पक्षको विकास गराउँदै उनीहरूलाई नियमित रुपमा रचनात्मक र सिर्जनशील बनाइराख्न विद्यालयले २०७५ देखि नै हरेक वर्ष डायमण्ड रनिङ सिल्ड कार्यक्रम सञ्चालन गर्दै आएको वताएका थिए ।

पोखरा–२९, भण्डारढिकस्थित रङ्गशालामा सञ्चालित उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले डायमण्ड माविले विगतदेखि नै रत्नरुपी विद्यार्थी उत्पादन गर्दै आएकोमा प्रशंसा गरे । उनले कास्कीका उत्कृष्ट विद्यालयमध्ये डायमण्ड मावि पनि अग्रस्थानमा रहेको बताएका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङको संयोजकत्वमा सञ्चालित डायमण्ड रनिङ सिल्ड २०८२ मङ्सिर १५ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल,टेबल टेनिस र एथलेटिक्स विधाका खेलहरु खेलाइने उनले बताए ।

प्रतियोगिताको सम्पूर्ण अवधिमा खेलाडीहरूको स्वास्थ्य सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि नर्स सरिता परियारको मेडिकल टिम लगायत बिद्यार्थी स्वयंसेवकहरु खटाईएको छ ।

पहिलो चरणका फुटबल खेलमा छात्राहरुको भेट्रान्स समूह तर्फ ब्याच ८८ स्यान्की र ढुक्क एफ सी , छ देखि ८ कक्षाको समुहमा आठ बेगनास, आठ फेवा, नौ देखि १२ कक्षाको समुहमा टिम बिस्ट, र १२ साइन्सको टिम बिजयी भएका छन्।

त्यस्तै क्रिकेट तर्फ टिम सन्देश र भलिबल खेलमा १२ इनोभेसन टिम मंगोलियन बिजयी भएका छन् भने ब्याडमिन्टन खेलमा छात्रहरुमा आदित्य खत्री, अभिजित खनाल, रुपेश खत्री. पुस्कल बराल, आयुष पौडेल, दर्शन तिवारी र छात्राहरुमा श्रेया श्रेष्ठ विजयी भएकी शिक्षक राजन परियारले जनाएका छन्।

बिजयी खेलाडीहरु १९ गते हुने डायमण्ड रनिङ सिल्ड २०८२को उपाधिको फाइनल सम्म विभिन्न खेलमा छनौट भएका छन। विद्यालयका संस्थापक निर्देशक माधव शरण उपाध्यायको अध्यक्षतामा सञ्चालित उद्घाटन समारोहको सञ्चालन शिक्षक प्रदीप पोख्रेलले गरेका थिए ।

Previous Post

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

Next Post

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?