लेखनाथ, ३० कार्तिक । राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ गते देखि ३ गतेसम्म पोखरामा प्रवचन हुने भएको हो ।
तीन दिनसम्म दिउँसो ३ बजेदेखि साझ साढे ५ बजेसम्म पोखराको सृजनाचोक स्थीत ह्वाइट हाउस पार्टी प्यालेसमा उनले प्रवचन दिने आयोजकले जनाकारी दिएका छन् । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरा हुन् । नि ःशुल्क प्रवेश पाइने प्रवचन अघि मंसिर १ गते पोखरा सभागृहबाट न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिएकी छन् ।
पोखरामा पहिलो पटक हुने यस प्रकारको कार्यक्रम भएकाले लाभ लिन आयोजकले सवैमा अनुरोध गरेका छ । ‘वृन्दावनमा रहेको ज्ञानको रस यहाँका साधकहरुले पनि प्राप्त गरुन् भनी कार्यक्रम आयोजना गरिएको हो, हामी समयमै उपस्थित भई कार्यक्रमको लाभ लिन आग्रह गर्दछौँ,’ व्यवस्थापक भण्डारीले भनिन् ।
राधे राधे नामले चिनिने राधा माधव समिति नेपालका पोखरा,लेखनाथ, रामबजार र न्युरोड गरी ३ केन्द्र छन् । सिर्जनाचोकमा कार्यक्रम हुने हलको क्षमता एक हजार तीन सयमात्र भएकाले समयमै उपस्थित हुन कार्यक्रम संयोजक हरि लामिछानेले आग्रह गरे । पोखरामा मात्र यसका ८ हजार साधक छन् ।
घनश्याम दासजी महाराज दिव्य सन्त हुन् । संस्कृत भाषाको प्रारम्भिक अध्ययन गुरुकुलबाट सुरु गरेका उनले दर्शनशास्त्रमा एमए र विधिशास्त्रमा स्नातक गरेका छन् । चारै वेद, गीता, भागवत, अठार पुराण, रामायण तथा अन्य अनगिन्ती शास्त्रको अद्भुत ज्ञान उनका प्रवचनमा पाइन्छ ।
श्री घनश्याम दास जी महाराज पाँचौँ मूल जगद्गुरू श्री कृपालु जी महाराजका दिव्य आत्मजका रुपमा चिनिनु हुन्छ । उहाँ ब्रजका एक परम दिव्य संत हुनुहुन्छ, जसले साधकजनलाई श्री राधा–कृष्णको उपासनाको दिव्य शिक्षा प्रदान गर्नुहुन्छ । उहाँ माता पद्मा जीका ज्येष्ठ सुपुत्रका रूपमा अवतीर्ण हुनु भएको हो । उहाँलाई माताश्री पद्माको विशेष स्नेह, ममता, र आशीर्वाद प्राप्त रहेको थियो । उहाँले आफ्ना पूज्य माता–पिताका अधिकांश दिव्य गुणहरू अवतरित रूपमा धारण गर्नुभएको छ । उहाँलाई प्रत्यक्ष दर्शन गर्दा नै यो स्पष्ट रूपमा अनुभूत हुन्छ कि उहाँ श्री महाराज जीको प्रतिमूर्तरूप रहनु भएको छ ।






Discussion about this post