• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

एक देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाईदै

Lekhnath Khabar by Lekhnath Khabar
October 11, 2025
in समाचार
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २४ असोज।

बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतीबाट तयार गरिएको स्वर्ण विन्दु प्राशन थोपा वितरण गर्ने कार्यक्रम गण्डकी आयुर्वेद अस्पतालमा असोज २९ गते हुने भएको छ। बिहान ६ देखि १० बजेसम्म लागि सञ्चालन हुने कार्यक्रमको पहिलो चरणमा एक वर्ष देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई यो थोपा खुवाईने भएको हो ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि आयुर्वेद अस्पतालले नि: शुल्क दर्ताको लागि अनुरोध गरेको छ। इच्छुक अभिभावकले यहि असोज २८ गते दिउँसो ४ बजे भित्र QR कोड स्क्यान गरेर वा उपलब्ध गराइएको लिंक खोलि नाम दर्ता गर्नु अनुरोध गरेको सूचना अधिकारी रामकृष्ण भूजेल मगरले जानकारी दिनुभयो।

के हो स्वर्णविन्दु प्राशन थोपा ?

आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षतण, प्रवर्द्बन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ।

स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ।

बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।

आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न गत १ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको छ ।

निर्देशिका जारी गर्नुको भुख्य मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु भएको बताइएको छ ।

यस्तै स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य सम्वर्धनको साथै मातृशिशु स्वास्थ्य सम्वर्धनका कार्यक्रम समेत सञ्चालन गर्नु पनि रहेको छ ।

बालबालिकालाई कसरी खुवाउने ?

निर्देशिकामा भनिएको छ, ‘स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाईनेछ। यस कार्यक्रमबाट एक वर्ष देखि ५ वर्षसम्म वर्ष सम्मका बालबालिकाहरु लाभान्वित हुनेछ। यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकाहरुलाई सहभागी गराईने छैन।’

यस स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्द्बन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यसवर्षबाट राष्ट्रिय कार्यक्रमकोरुपमा सञ्चालन गरिएको छ।

दर्ताको लागि के गर्ने ?

निम्न QR कोड स्क्यान गरेर वा उपलब्ध गराइएको लिंक खोलि नाम दर्ता गर्नुहोला। https://docs.google.com/forms/d/e/1FAIpQLSfMPSMPo-p54LPopq8zT4nmdUzT-_Yvys_w-78kFokdzjC5HQ/viewform

 

Previous Post

एक देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाईदै

Next Post

कास्की आदर्श समाज द्वारा जेष्ठ नागरिक केन्द्रलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कास्की आदर्श समाज द्वारा जेष्ठ नागरिक केन्द्रलाई सहयोग

कास्की आदर्श समाज द्वारा जेष्ठ नागरिक केन्द्रलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?