लेखनाथ, ५ असोज – गण्डकी छड्के’ का सञ्चालक तथा पत्रकार अपिल त्रिपाठी पछिल्लो समय टिकटकमा फेक अकाउन्टको मारमा परेका छन्।
उनको नाम र तस्बिर प्रयोग गरी सयौँ नक्कली अकाउन्ट खोलिएका छन्, जसबाट पुराना र तोडमोड गरिएका भिडिओ पोस्ट भई उनको छवि बिग्रिएको छ।
केही अकाउन्टमार्फत स्वास्थ्यबारे भ्रामक हल्ला फैलाइएको र पैसासम्म उठाउने प्रयास गरिएको उनले बताएका छन्। यसले प्रहरीमा साइबर अपराधसम्बन्धी उजुरीसम्म पुर्याएको छ।
त्रिपाठीले यसलाई गम्भीर अपराध भन्दै तत्काल बन्द गर्न चेतावनी दिएका छन्। उनले ३.५ लाखभन्दा बढी फलोअर भएको टिकटक मात्र आफ्नो आधिकारिक अकाउन्ट भएको भन्दै दर्शकलाई अन्य फेक अकाउन्टबाट भ्रमित नहुन आग्रह गरेका छन्।






Discussion about this post