• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको नेतृत्वमा पहिलो महिला, राजेन्द्रलाई पराजित गर्दै जानुकाले रचिन ईतिहास

Lekhnath Khabar by Lekhnath Khabar
September 8, 2025
in अर्थ खबर, समाचार
0
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ लेखनाथ – साविक लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा र छाता संस्था लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व निर्वाचित भएको छ । लेखनाथ उद्योग बाणिज्य संघमा एक दशक बढीको यात्रा गर्दै संघको ईतिहासमा पहिलो पटक पदाधिकारी बनेकी जानुका पराजुली अधिकारीले अन्य अग्रजहरु र समकालीनहरुलाई पाखा लगाउंदै संघको नेतृत्व गर्ने अवसर पाएकी छन।

जानुका र उनको प्यानलले संघको निर्बाचनमा कार्यसमितिको पदाधिकारी तर्फमात्र नभएर कार्यसमितिको सबै सदस्यहरुमा पनि ‘क्लिन स्विप’ गर्न सफल भएको छ ।

जानुकाले आफ्ना प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भएकी हुन्। यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। जानुका आंफुले मात्र नभएर उनको प्यानलमा रहेका सबैजसो उमेदवारहरुले समेत आश्चर्यजनक ढंगले विजय प्राप्त गरेका छन ।

संघको नयाँ कार्यसमितिको लागि भएको निर्बाचनमा अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिद्वन्दी राजेन्द्रले  ८ सय ३३ मत मात्र प्राप्त गरेका थिए।

अधिबेशनबाट नयाँ कार्यसमितिमा निर्बाचित हुन एक महिना अगाडीबाट नै जानुका र राजेन्द्रले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका थिए । उनीहरुको चुनाबी अभियानलाइ हेर्ने र बुझ्नेहरुले निर्बाचनबाट कार्यसमितिमा मिश्रित परिणाम आउने अपेक्षा गरेको भन्नेहरु प्रशस्त थिए। तर,सबैको अनुमान बिपरित जानुकाको प्यानलका सबै उमेद्वारहरु राम्रो मतान्तर सहित कार्यसमितिको बिभिन्न पदमा निर्बाचित हुने अवसर प्राप्त गरेका छन।

संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी राजुले ८ सय ५३ मतमा चित्त बुझाउनुपर्यो। सुबेदी १ सय १३ मतले पराजित हुन् पुगेका छन। सुबेदी नेपाली काँग्रेस निकट भएकोले उनलाई कांग्रेस निकटको मत पनि जाने र उनले जित्न सक्ने अनुमान धेरैले गरेका थिए। बाँस्तोला माओबादी भएको कारण कांग्रेस निकट ब्यबसायीको मत पाउने आशामा सुबेदी रहेपनि मतदाताले प्यानलमा नै बढी मत दिएको कारण एमाले र कांग्रेसको मत पाएर जित्ने सुबेदीको आशा निराशामा परिणत हुनपुग्यो ।

यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी बन्दा उनकी प्रतिद्वन्दी मेनुका श्रेष्ठले ६ सय ७४ मत मात्र प्राप्त गरिन। अघिल्लो निर्बाचनमा उनै श्रेष्ठलाई मात्र ६ मतले पराजित गरेर द्वितीय उपाध्यक्ष निर्बाचित भएका कर्माचार्य यस पटक पनि उनैसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यतामा परेका थिए । तर यसपटक भने ४ सय ७६ मतको फराकिलो अन्तरले कर्माचार्य प्रथम उपाध्यक्ष बिजयी भएका छन।

संघको द्वितीय उपाध्यक्षमा पनिं जानुका प्यानलका ध्रुबबाबु भट्टराई आइडीले अन्य उमेदवारको भन्दा बढी अर्थात ६ सय १५ मतको फराकिलो अन्तरमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गरेका छन। जानुका प्यानलका ध्रुबले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिद्वन्दी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरेका थिए।

संघको महासचिब पदमा भने अन्य पदाधिकारीको तुलनामा बढी प्रतिष्पर्धा रहेको मतगणनाको परिणामले देखाएको छ। जानुका प्यानलका महासचिबका उमेदवार भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिद्वन्दी जिबन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए। उनीहरुको बिचमा ७९ मतको मात्र अन्तर परेको थियो।

संघको उपमहसचिब पदमा जानुका प्यानलकी गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित भईन। उनका प्रतिद्वन्दी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र प्राप्त गरेका थिए। जस अनुसार मल्लले ३ सय मतले ढुंगानालाइ पराजित गरेकी हुन्। मल्ल यस अगाडी पनि संघको कार्यसमितिमा लोकप्रिय मतका साथ् कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरेकी थिईन।

लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्षमा पनि जानुका टिमका हरी बस्ताकोटी विजयो बनेका छन। उनले १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरेका थिए। संघको अधिबेशनको उद्घाटन शुक्रबार भएपनि शनिबार मतदान सम्पन्न भएको थियो। आइतबार बिहान ८ बजेबाट मतगणना शुरु भएपनि राति करिब दुई बजे कार्य समितिका सदस्यहरुको मतगणना सम्पन्न भएको हो।

एसोसिएट सदस्यमा जानुका प्यानलका भण्डारी बिजयी 

लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन उनले २७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरेका थिए।

एसोसिएट तर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेको बुझिएको छ। कार्यसमितिको संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्बिरोध निर्बाचित भैसकेका छन ।

सदस्यहरुमा पनि जानुका प्यानलको ‘क्लिन स्विप’, सुजन पहिलो र प्रतिक्षा बनिन दोश्रो 

लेखनाथ उधोग बाणिज्य संघको आगामी कार्यकालको लागी निर्बाचित कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भएका छन।

अन्य सदस्यहरुमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र  प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन। यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन ।

राजेन्द्र प्यानलका सदस्य: कसको कति मत ? 

राजेन्द्रको प्यानलबाट उमेदवारी दिएका सदस्यका उमेदवारहरु मध्ये भीमप्रसाद सुवेदी (सन्तोष) ले ५ सय ११, घनश्याम ढुंगानाले ६ सय ८८, किशोर अधिकारीले ७ सय १५, कृष्णप्रसाद सुवेदीले ८ सय ५७, नवराज पौडेलले ८ सय ७८, सन्तोष हमालले ५ सय, सुरेन्द्र गुरुङले ७ सय ११
र शिबराज अधिकारीले ६ सय २७ मत पाएका थिए। यसैगरी महिला सदस्यका उमेद्वारहरु सपना सुबेदीले ९ सय ७ र लक्ष्मी ठाकुर सुनारले ३ सय ६६ मत मात्र प्राप्त गरेकी थिईन महिला सदस्य सपना ३ मतको अन्तरले पराजित हुन् पुगेकी छन।

Previous Post

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Next Post

क्षतिग्रस्त संरचना सञ्चालनमा कामना सेवा विकास बैंकको सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
क्षतिग्रस्त संरचना सञ्चालनमा कामना सेवा विकास बैंकको सहयोग

क्षतिग्रस्त संरचना सञ्चालनमा कामना सेवा विकास बैंकको सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?