• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Lekhnath Khabar by Lekhnath Khabar
September 7, 2025
in समाचार
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

यूएई । पोखरा वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अलपत्र परेका आफ्ना वडाका नागरिक अमृत रानाभाटको उद्धार गरेका छन् । दुबईको एक कार्यक्रममा सहभागी हुन पुगेका उनले वडाबासी अलपत्र परेको खबर सुनेपछि आफ्ना संयन्त्र प्रयोग गरी रानाभाटको खोजी गरेका हुन् ।

रानाभाट सन् २०२३ मा कामका लागि यूएई आइपुगेका थिए । उनलाई सोनापुरबाट उद्धार गरिएको वडाध्यक्ष थापाले बताए । ‘विगत केही दिनदेखि उहाँ अलपत्र परेको भिडियो सामाजिक सञ्जालमा आयो । मैले यहाँका साथीहरूलाई उहाँको खोजी गर्न आग्रह गरेँ,’ थापाले भने, ‘अन्ततः उहाँलाई भेट्न सफल भएका छौँ । अब आफ्नै खर्चमा भएपनि नेपाल फर्काउनेछु ।’

रानाभाटको भिसा म्याद सकिएकै महिना दिन कटिसकेको छ । जसका कारण १ हजार ५ सय ५० दिराम जरिवाना लाग्नेछ । ‘उहाँको ओभर स्टे ३१ दिन भैसकेको छ । जरिवाना रकम तिर्ने र ट्राभल डकुमेण्ट बनाएर मात्रै नेपाल जान मिल्छ,’ यूएईमै रहेका विद्यार्थी नेता सागर रानाभाटले भने, ‘यसबाहेक हवाई टिकट र अन्य खर्च पनि जोडिन्छ ।’ अमृत रानाभाट सुरुमा जिप्सन बोर्ड हेल्परका लागि यूएई आएका थिए ।

कम्पनीले तोके अनुसारको (११०० दिराम) समेत नदिएपछि उनले कम्पनी परिवर्तन गरेर झुमर टेक्निकल सर्भिसमा काम गर्न थाले । त्यहाँ पनि तोकिएको तलव पाएनन् । त्यसपछि ३४ वर्षका रानाभाट कम्पनी छोडेर ५ महिनादेखि कामको लागि भौतारिन थाले । ‘मैले अहिलेसम्म बुझेको तलब भनेको ३० हजार मात्रै हो । कम्पनीसँग पैसा माग्दा घरमै पठाइदिन्छु भन्यो,’ उनले भने, ‘५ महिनाअघिसम्म खानका लागि अलिअलि पैसा दिन्थ्यो । त्यसबाहेक एक रुपैयाँ पनि पाएको छैन ।’

काम छोडेदेखि आफू सडकमै बास बस्न थालेको रानाभाट सुनाउँछन् । ‘कतिदिन त भोकै बसेँ । सडकमै सुतेँ । जहाँ ओत भेटिन्छ त्यहाँ बसेँ,’ उनी अघि भन्छन्, ‘म अब घर फर्किन्छु भनेर धेरै प्रयास गरेँ । मेरो फोन पनि ५ महिनादेखि छैन । घरमा कसैलाई सम्पर्क गर्न सकिनँ । कसैले सामाजिक सञ्जालमा भिडियो हालिदिएछ बल्ल सम्पर्क भयो ।’

वडाध्यक्ष थापाले आफूलाई भेट्न आएपछि खुसी लागेको रानाभाट सुनाउँछन् । ‘मैले त कल्पना पनि गरेको थिइनँ । अध्यक्ष ज्यू आएपछि एकछिन् त भक्कानो छुट्यो,’ उनले थपे, ‘जे होस्, जनप्रतिनिधि भनेको सुखदुखका साथी रहेछन् । हाम्रो अभिभावक नै जनप्रतिनिधि हुने रहेछन् ।’

उनी झन्डै १ लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट यूएई आएका हुन् । वडाध्यक्षले उनको उद्धार र नेपालसम्म पुग्दा लाग्ने सबै खर्च आफै व्यहोर्ने बताएका छन् । ‘उहाँको पारिवारिक अवस्था अझै राम्रोसँग बुझ्न पाएको छैन । उहाँचाहिँ पहिला पनि विभिन्न देश गएर फर्किनुभएको रहेछ । अहिले हामी जसरी हुन्छ नेपाल लैजाने तयारीमा छौँ,’ उनले भने, ‘प्रक्रिया सुरु भैसकेको छ । उहाँ मसँगै नेपाल फर्किनुहुन्छ ।’

थापा आगामी ११ तारिख नेपाल फर्किन लागेका हुन् । जरिवाना र सबै खर्च हिसाब गर्दा रानाभाट नेपाल फर्काउन ७० हजार भन्दा बढी खर्च हुने बताइएको छ ।

Previous Post

लेउवासंघको निर्वाचन, मतदान सम्पन्न, १८८१ मत खस्यो

Next Post

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?