• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवासंघको निर्वाचन, मतदान सम्पन्न, १८८१ मत खस्यो

Ramsharan Nepali by Ramsharan Nepali
September 6, 2025
in समाचार, स्थानीय
0
0
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २१ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१९ मतदाता मध्ये ९३.०३ प्रतिशत मत खसेको हो ।

विहान ७ः०० वजे देखी शुरु भई साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । दिनभरजसो संघको परिसर व्यवसायीहरु र स्थानिय राजनितिक दलका प्रतिनिधि एवं सरोकारवालाहरुले भरिभराउन बनेको थियो । मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजे देखि शुरु गरिने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

विगतका निर्वाचनहरुमा भन्दा पनि चर्को चुनावी कसरत देखीएको यस पटकको अधिवेशनलाई व्यवसायीहरु एवं राजनितिक दलहरुले निकै चासोका साथ हेरेका छन ।

कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका थिए भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर अर्को गठबन्धनले पनि प्यानल खडा गरेको थियो । दुई वटै प्यानल चुनावमा विजयी हुने दाबी गर्दै मतदाता व्यवसायीमाझ पुगेका थिए ।

संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा आमने–सामने भएका हुन्। यी दुबै ठूला दलले प्रतिपक्षमा रहेका माओवादी र रास्वपालाई साथमा लिएका थिए।

संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आआफ्नो टिमबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।

ओझा टिमबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेद्वारी परेको थियो ।

यस्तै गरी खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) छन् । यस्तै महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार), एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेद्वारी दिएका थिए ।

अधिकारीका टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी) महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेद्वारी दिएका थिए ।

यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उम्मेद्वारी दिएका थिए ।

यही समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उम्मेद्वारी परेको छ । संस्थागत सदस्य पदका उम्मेद्वार वीरभद्र कंडेल दुवै समुहका साझा उम्मेद्वार बनेका छन् ।

Previous Post

अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट

Next Post

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापा द्वारा उद्धार, आफ्नै खर्चमा नेपाल ल्याउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?