लेखनाथ, १३ वैशाख । पोखरा महानगरपालिका वडा नं २९ मा देउराली माइ संरक्षण समितिको ११औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले आगामी कार्यकालका लागि तेजप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा खेमलाल भण्डारी, महिला उपाध्यक्ष कमला जिसी सचिवमा श्रीभद्र ढकाल,कोषाध्यक्षमा सुर्य भण्डारी ,सह सचिवमा श्रीकृष्ण सुवेदी चयन भएका छन् ।
यसै गरी सदस्यहरुमा टिकाराम भण्डारी,विष्णु गौतम, मन्त्रीराज उलक ,विन्दु भण्डारी र गंगा खनाल रहेका निर्वाचन संयोजक विश्वमणि भण्डारीले जानकारी दिएका छन् ।
कार्यक्रमको ८२ वर्र्षीय वयोबृद्ध पराशर चापागाईंले उद्घाटन गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिए भने समाजसेवी मोती गिरी ,श्रीभद्र भण्डारी,माधव भण्डारी र देवमणि भण्डारीले मन्तव्य राखेका थिए । नयाँ कार्यसमितिका अध्यक्ष तेजप्रसाद भण्डारीले भावी योजना प्रस्तुत गरेका थिए ।







Discussion about this post