• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पाेखराकाे भरतपोखरीमा बाघमारा महोत्सव हुने

Ramsharan Nepali by Ramsharan Nepali
September 2, 2025
in समाचार, स्थानीय
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । कास्कीको दक्षिण भेगस्थित पोखरा महानगरपालिका वडा नं – ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म  महोत्सव हुने  सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा  सदस्य पुकार कार्कीले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए क्लबका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं- ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने, स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आफूले गरेको बताए ।

उनले भरतपोखरीका युवाहरुले संगठित भइ खेलकुद, मनोरञ्जनात्मक गतिबिधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षण लगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास लिएको उल्लेख गरे । महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन क्लबलाई सुझाव दिए ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,निवर्तमान अध्यक्ष कविराज खनाल,स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल,नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मा र पुष्प दाहाल,रेडियो सराङ्गकोटका कमल पौडेल अथक, नेशनल एफ एमका सन्दिप पौडेल, रामशरण नेपाली लगायतका पत्रकारहरुका जिज्ञासाको उत्तर दिंदै क्लबका अध्यक्ष देबेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण ,सामाजिक एकता, आर्थिक प्रवद्र्धन,पर्यटन आकर्षण, शिक्षा ,चेतनाका लागि महोत्सव गरिन लागेकाले सञ्चारकर्मीहरुको सहयोगको आशाा गरेका थिए ।

महोत्सवमा जम्मा १४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उनले जानकारी दिए । विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा, कृर्षि, बैक बित्तिय, रेष्टुरेण्ट लगायतका स्टलहरु रहने भएका छन् ।  बालउद्यान, रत्यौली  विद्यालयस्तरीय नृत्य रहने आयोजकले जनाए ।

शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवद्र्धन गर्न २०७० साल स्थापित संस्था हो। स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको यो क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवद्र्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।

भरतपोखरीमा वि सं २०६९ सालमा पनि स्थानीय बरेली युवा क्लबको आयोजनामा प्रथम भरतपोखरी हुँडीकोट महोत्सव सम्पन्न भएको थियो भने यसपटक बाघमारा महोत्सव गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान क्लबको रहेको छ  ।

Previous Post

लेखनाथ सामुदायिक सहकारीको १७ औं साधारण सभा

Next Post

राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको पोखरा घोषणा– पत्र जारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको पोखरा घोषणा– पत्र जारी

राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको पोखरा घोषणा– पत्र जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?