पोखरा। गीता अध्ययन प्रतिष्ठान नेपालको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शिाक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता विषयक प्रतियोगितामा पोखरा २६ को रामज्योति मा वि की छात्रा स्वेच्छा परियारले प्रथम स्थान हाँसिल गरिन् ।
प्रतियोगितामा पोखरा २९ को जनप्रकाश मा वि की छात्रा अनुशा काफ्ले द्धितीय तथा पोखरा ३२ को गोगन मा वि की छात्रा सुजाता पौडेलले तृतीय स्थान हाँसिल गरिन् ।
२८ सहभागी मध्ये ज्ञानज्योति मा वि की जेसिका गुरुङ्ग, सिद्धिविनायककी दिप्ती आचार्य,नेपाल आदर्शकी ओजश्वी पौडेल,त्रिभुवन शान्तिका टंकबहादुर चर्मा, शिलशिलाकी हेजल लम्साल र त्रिवेणीकी कृति पौडेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले गीतामा भएका कर्म, ज्ञान र भक्तियोगका कुरा आजको शिक्षामा अपरिहार्य देखिएका धारणा राखे ।
उनले गीता ज्ञानले शिक्षामा थप सहजता थप्ने वताए । संस्कृत क्याम्पसका डाक्टर भोला नारायण रेग्मी, सल्लाहकार तिलक पौडेल र विश्व हिन्दू महासंघकी केन्द्रिय उपाध्यक्ष पार्वता पौडेल निर्णायक रहेको प्रतियोगिता गीता अध्ययन प्रतिष्ठान नेपालका महासचिव राममणि अधिकारीको सञ्चालन तथा अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष रामप्रसाद लामिछाने, सामुदायिक सेवा केन्द्र लेखनाथका निवर्तमान अध्यक्ष कृष्ण अधिकारी लगायतले बोलेका थिए ।






Discussion about this post