लेखनाथ १ साउन । पोखरा महानगरपालिका वडा नं –३१ निवासी धार्मीक तथा सामाजिक ब्यत्तित्व काग्रेस नेता कृष्ण प्रसाद ढुगानाले नेपाली काग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।
पाटीभित्रको गुटबन्दी, ईष्र्या,जनतामा देखिएको निरासा र अपमानजनक व्यवहार प्रति फरक धारणा राख्दै स्वतन्त्र नागरीक भएर नै देश र जनताको सेवामा लाग्ने आभास अन्तरहृदयमा आएको भन्दै ढुगानाले विहिवार एक कार्यक्रमका विच पार्टीबाट अलग रहने घोषणा गरेका हुन् ।
वि स २०४६ साल देखि पाटीका बिभिन्न तहमा रहेर ३७ वर्ष देखि प्रजातान्त्रिक समाजवाद शिद्धान्तमा आवद्ध रहेको कांग्रेसी कार्यकर्ताको हौसियतले आज सम्म पाटीलाई दिएको समर्थन,अमुल्य समय,साथ र हरतरहबाट गरेको योगदानलाई ईतिहासका पानामा साची राख्दै ढुगानाले सार्वजनिक विज्ञप्ति मार्फत पाटी त्यागको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उनले नेपालको स्वतन्त्रता, प्रजातन्त्र र समाजवाद स्थापनामा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको उच्च मूल्याङ्कन गर्दै पछिल्लो समय पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता, अपमानजनक व्यवहार र असहिष्णु राजनीतिक संस्कारप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
“मैले पार्टीलाई सधैं धर्मको रूपमा मानेँ, तर पछिल्लो समय पार्टी भित्रको विकृति, विसंगति र अपमानजनक व्यवहार सहन नसक्ने अवस्थामा पुगेको बताएका छन् । आफू कुनै नयाँ पार्टीमा नजाने र सामाजिक सेवामा समर्पित रहने जनाएका छन्। उनले विगतका सहकर्मीप्रति कृतज्ञता प्रकट गर्दै कसैप्रति व्यक्तिगत द्वेष नरहेको स्पष्ट पारेका छन्। साथै, आफ्नो निर्णयले कसैलाई मन दुखेको खण्डमा माफी समेत मागेका छन् ।
नेपाली काग्रेसका नेता कृष्णप्रसाद भटराई र सर्वमान्य नेता गणेशमानले त नेपाली काग्रेस छोड्दा केही नहुने पाटीमा म सामान्य ब्यत्तिले पार्टी छोड्दा केही फरक त पर्दैन तर पनि यसले समाजमा केही परिवर्तनको शन्देस भने अवस्य दिन्छ उनको भनाई रहेको थियो । पाटीबाट अलग रहदाको अन्तिम अवस्थामा पनि काग्रेस पाटीमा रहेका निष्ठावान नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई भने उनले अन्तिम समयसम्म सम्झीरहने बताएका छन् ।
म पाटीबाट अलग हुदा अरुले जस्तो गुनासो,गाली एवं अपेक्षा गर्ने पक्ष नरहेको बताउदै “यो मेरो लागि सहज निर्णय होइन,” विज्ञप्तिमा भनेका छन्, “तर आत्मसम्मान, मूल्य र विचारको पक्षमा उभिनु मेरो धर्म हो।” उनले भनेका छन् ।
कांग्रेसभित्र समर्पित, सादा र समाजसेवी छवि बोकेका कार्यकर्ताका रूपमा परिचित ढुगानाको यो निर्णयले पोखराको स्थानीय राजनीतिक देखि समाजीक रुपमा हलचल ल्याउने भने देखिन्छ ।







Discussion about this post