लेखनाथ,१ साउन । पोखरा महानगरपालिका वडा नं– ३० को शिसुवा रहेको शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा साउनको महिना भरि शिव महापुराण प्रवचन हुने भएको छ ।
हिन्दु धर्म शास्त्र अनुसार साउनको महिना शिवको महिमा भन्ने धार्मीक मान्यतालाई आत्मसाथ गर्दै साउन महिना भर भगवान शिवको महिमा झल्कने गरि धार्मीक प्रवचन,भजन र्कतन र चन्दादातालाई सन्मान गर्ने कार्यक्रम तय गरिएको हो ।
यसैबिच विहिवार देखि सुरु भएको प्रवचन कार्यक्रमको सुभारम्भ गर्दै उद्योग ब्यवसायि गोविन्द प्रसाद कर्माचार्यले जेष्ठ नागरिक समाजका ऐना भएकाले उनिहरुमा भएको ज्ञान र सिपको अनुशरण समाजले गर्नु पर्ने धारणा राखेका थिए ।
साथै उनले जेष्ठ नागरिकलाई दिउसोको समय बिताउन असुविधा भईरहेको अवस्थामा जेष्ठ बुबा आमाको सन्मानका खातीर हरेक टोल टोलमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाका लागि राज्यले ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।
महिना दिनसम्म चल्ने प्रवचनको क्रममा प्रत्येक सोमवार स्थानिय स्थरका रहेका धार्मीक मठ मन्दिरबाट वोल वम यात्रा निकालीने वताईएको छ ।
शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ताराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बोधराज गौतमले गरेका थिए भने स्वागत मन्तब्य सल्लाहकार ईन्द्र वहादुर थापाले गरेका थिए । सोही अवसरमा स्थानिय समाजसेवी वलराज पौडेल र ऋषिराम जमरकटेल लगाएतले धार्मीक महत्वका वारेमा आ आफनो धाराणा राखेका थिए ।
दैनिक रुपमा हुने प्रवचनमा पण्डित राजेन्द्र अधिकारीले धार्मीक प्रवचन दिने छन् भने गणेशमा कृष्णप्रसाद लामिछाने,रुद्रीमा प्रेमनारायण पौडेल र कर्तामा हरिमाया थापा रहेकी छन् ।






Discussion about this post