लेखनाथ, २८ असार । पोखरा महानगरपालिका वडा नं ३१ निवासी संगिता पन्थ अधिकारीले आफनो जन्मोत्सवका अवसरमा अपाङ्गता मैत्री समाज कास्की दृष्टी विहिन आश्रमलाई सहयोग गरेकी छन् ।
जन्मोत्वसमा गरिने फजुल खर्चलाई घटाएर सामाजका लागि उदाहरणीय काम गर्नुपर्छ भन्ने शन्देस दिदै पन्थले आश्रममा वसोवस गर्दै आएका दृष्टी विहिनहरुका लागि आवस्यक पर्ने खाद्यान्न सहयोग गरेकी हुन् ।
गत वर्ष अपाङ्गता मैत्री समाज दृष्टी विहिन आश्रममा आगोलागि भएपछि पोखरा २६ को नेत्रहिन संघको भवनमा वसोवास गर्दै आएका दृष्टी विहिनको समुहलाई विहान बेलुकाको छाक टार्न पनि धैधै परेको अवस्थामा लेखनाथ होटल टेड्रिङ सेन्टरका निर्देशक समेत रहेकी पन्थले खाद्यन्न सहयोग गरेकी हुन् । आश्रममा अहिले २०÷२५ जना वसोवास गर्दै आएका छन् ।
उत्त सहयोग सामाग्री होटल टेड्रिङ सेन्टरका निर्देशक पन्थ र सस्थापक अध्यक्ष दिपेन्द्र अधिकारीले आश्रम संचालन समितिका अध्यक्ष दण्डपाणी ढकाल र संचालक सुसिल गोदारलाई हस्तान्त्रण गरेका हुन् ।






Discussion about this post