लेखनाथ,२६ जेष्ठ । कृर्षीलाई ब्यवसायिक बनाउन सहयोग पुग्न गरि पोखरा महानगरपालिका वडा नं २६ले कृषकहरुका लागि कृर्षि सामाग्री वितरण गरिएको छ ।
वडाको आर्थीक सहयोगमा कृर्षि सञ्जाल पोखरा –२६ को संयोजनमा सोमवार वडावासीको आय आर्जनमा सहयोग पुग्ने गरि करिव पाँच सय ५० जना कृषकहरुका लागि विभिन्न किसिमका कृर्षि सामाग्रीहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो वडालाई समृद्ध वडा बनाउने जुन लक्ष्य छ त्यस लक्ष्यलाई पुरा गर्नका लागि ल्याईएका बिभिन्न प्रकारका योजनामा वडावासीको सक्रिय सहभागिता रहनु पर्ने सुझाव दिदै आफुले पाएका कृर्षि सामाग्रीको भरपुर रुपमा प्रयोग गरि उत्पादन वढाउने र आफुलाई पुगेपछिको उत्पादनलाई वजारीकरण गर्ने तर्फ यहाँहरुको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा अर्घौ कृर्षि सेवा केन्द्रका प्रमुख सन्तोष सुवेदीले राज्यले किसानका लागि छुट्एको अनुदानको सहि सदुपयोग गरि निर्भाहामुखी कृर्षि नभई ब्यवसायिक वनाउने तर्फ अग्रसर हुन अनुरोध गरेका थिए भने लेखनाथ खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मुरारी शर्माले आधुनिक कृर्षि प्रणालीको प्रयोग गरि आय आर्जन बृद्धि तर्फ सवैको ध्यान जानु पर्ने धारणा राखेका थिए ।
कृर्षि सञ्जाल पोखरा–२६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका पराजुली,विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगाना लगाएतले आफनो धारणा राखेको कार्यक्रमको संचालन सञ्जालका सचिव ईश्वराज भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सह संयोजक देवि ढुगानाले गरेकी थिईन ।
कार्यक्रममा त्रिपाल सय जना,टनेल पलाष्ट्रिक ४५ जना, कुटानी पिसानी मेशिर दुई थान,हसियाँ चार सय पचास र पानी तान्ने मेशिन थान वितरण गरिएको थियो ।
Discussion about this post