लेखनाथ २२ जेठ । पोखरा महानगरपालिका वडा नं २७ ले किसान प्रोत्साहनका लागि चैते धान रोप्ने किसानलाई आर्थीक सहयोग गरेको छ ।
वडा भित्रको करिव नौ सय रोपनीको क्षेत्रफलमा यस वर्ष चैते धानको खेती भएको प्रारम्भीक आकडा अनुसार वडा कार्यालयको आर्थीक सहयोगमा प्रति रोपनी पाँच सयका दरले सहयोग गर्ने निर्णय अनुसार विहिवार देखि सहयोग वितरण सुरु गरिएको हो ।
सहयोग रकम हस्तान्त्रण गर्दै वडाअध्यक्ष पुर्ण कुमार गुरुङले वातावरणी दृष्टीकोणले यस क्षेत्रमा चैते धानको खेती अनुकुल देखिएको र उत्पादन पनि बर्खे धानको तुलनामा राम्रो हुने भएकाले किसानलाई चैते धान तर्फ आकर्षण गर्नका लागि योजना ल्याएको वताएका थिए ।
साथै उनले यहाँ रहेका कुनै पनि खेती योग्य जमिन वाझो नराख्नका लागि अनुरोध गर्दै जग्गा धनीले खेती वाली नगरे पनि अन्य किसानले भाडा वा अधियामा खेती गर्दा लाग्ने लागतमा सहयोग पुग्ने गरि तल्लो वर्गका किसानलाई माथी उठाउन सहयोग पुग्ने गरि वास्तविक किसानलाई सहयोग गर्ने अभियान संचालन गरेको वताएका थिए ।
कार्यक्रममा वडा कृर्षि सञ्जालका अध्यक्ष शेखरनाथ लामिछानेले किसानको खेतवारी पुगेर तथ्याङ संकलन गरि लालपुर्जा र खेती गर्ने किसानको पहिचान गरि सहयोग गर्न लागेको वताएका थिए ।
सोही अवसरमा कृर्षि सेवा केन्द्र अर्घौका प्रमुख सन्तोष सुवेदीले वास्तविक किसानको पहिचन र उसले खेती गरे नगरेको वारेमा घरदैलो गर्ने क्रममा किसानको चैते धान तर्फ आकर्षीत बढेको र धेरै जसो किसानले ब्यवसायिक रुपमा आठ÷दश रोपनीमा नै खेती गरेको वताएका थिए साथै उनले आगामी वर्ष समयमा नै किसानका लागि प्राविधिक ज्ञान,मल र विउमा सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।







Discussion about this post